Jaya Bhagawati melauli sunchadi

बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा ‘बुढी पोल्ने’ पर्व मनाइँदै

Patan vally

बैतडी : बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला तथा  भारतको कुमाउ क्षेत्रमा आज बूढी पोल्ने पर्व धुमधामसँग मनाइँदैछ । विजय उत्सवको रूपमा मनाइने यो पर्वमा बूढी अर्थात राक्षसी पुतनालाई पोल्ने गरिन्छ ।

भाद्र सङ्क्रान्तिका दिन गाडिएको बूढीलाई आज साँझ पोल्ने चलन रहिआएको स्थानीय संस्कृतिका अध्येता प्रकाश पैंतोलाले जानकारी दिए ।
द्वापरयुगमा भगवान श्री कृष्णले राक्षसी प्रवृत्तिकी पुतनालाई मारेपछि सोही दिनको सम्झनामा बूढी पोल्ने गरिएको छ ।

कसरी मनाईन्छ ‘बुढी पोल्ने पर्व’ ?

Kailpal bahudeshiya

बूढी भन्नाले काँडाको झाङ तथा अन्य सुकेका वनस्पति काटेर एक ठाउँमा बनाइएको थुप्रोलाई बुढीको रुपमा लिइन्छ।
भाद्रसक्रान्तिका दिन ओल्के पर्वका उपलक्ष्यमा गाउँ नजीकका विभिन्न उचाईंमा रहेका टाकुरा र सार्वजनिक स्थलमा स्थानीय बासिन्दा खासगरी गोठालाहरू मिलेर रुखका हाँगा, काँडाका झाङ एक ठाउँमा थुप्रो बनाएर बूढी स्थापना गरिन्छ । भाद्र महिनाभरी हरेक दिन गोठालोबाट फर्कदा सबै गोठाला कम्तिमा एक एक हाङ्गो बूढी स्थापना गरेको ठाउँमा थप्दै जान्छन्। र बुढी पोल्ने दिनसम्म धेरै ठुलो थुप्रो जम्मा गरिन्छ ।

छिमेकी गाउँको भन्दा ठुलो बूढी बनाउने होडाजी समेत चल्ने स्थानियको भनाई छ।

बुढी पोल्ने दिन गाई गोरुलाई स्याहार गरी टन्न घास खुवाइन्छ। गोठ आगनको सरसफाइ गरिन्छ। ओल्से लगायतका लामो जातका घाँसबाट एक परिवारले ५ ओटाका दरले लुँडा बनाइन्छ।जसलाई बुढीका लुँडाका प्रतिक मानिन्छ। साँझ लगभग सबै घरमा एकै पल्ट राँका बालेरे गोठका कुना काप्चा सम्म राँका घुमाई लुँडा घुमाउदै “बाहिर निकल् बुढी बाहिर निकल” ,  ” गाई बाच्छी पाल बुढी निकाल” आदि भन्दै एक लुँडो घरको छतमा,एक गोठे मलको खातमा र एक काँक्रोको झाङमा फालिन्छ भने २ लुँडा र राँको सहित बुढी स्थापित ठाउँतिर दगुर्छन् ।

सबैले संगै राँका बुढीमा झोस्छन् । जल्न सुरु भएपछि काँक्रो चपाउदै थुइ बुढी थुई गरी थुक्छन् । जली सकेपछि अगुल्टाहरू छिमेकी र नजर पर्ने गाउँहरूका नाम पुकार्दै “लिय फलानाऊ लुतो लैझा” भन्दै लुतो बाँड्ने चलन रहेको संस्कृतिका अध्येता प्रकाश पैतोलाले बताउनुभयो।

पूर्वतिर फाल्ने पर्वको रुपमा पनि लिइने यस दिन लुतो बाँड्नुको अर्थ लुतोबाट बच्न सरसफाइ गर्नुपर्छ भन्ने सन्देश दिनु रहेको पैतोलाले बताए । त्यसपछि खरानीबाट तिलक लगाउने चलन पनि छ।
‘बुढी पोल्ने’ पर्वलाई डडेलधुरातिर बन्ढुनी पर्व पनि भनिन्छ। बन्ढुनीमा बुढी पोलेपछि डेउडा खेल्ने चलन पनि रहेको छ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.