


बैतडी : बैतडीको सिगास गाउँपालिका उपाध्यक्ष धाना धामी लीड्स आइकनबाट सम्मानित भएकी छन् । देशभरीमा उत्कृष्ट तीन जनप्रतिनिधिभित्र पर्न सफल भएकी धामी सम्मानित भएकी हुन् ।
‘सी लिड्स आइकन’ अभियानमा देशभरीबाट १४० जना महिला जनप्रतिनिधिको सूची तयार भएको थियो । अन्तिम प्रतिस्पर्धामा २७ जना सहभागी थिए । २७ मध्ये उत्कृष्ट तीन जनाभित्र पर्न सफल धानमीले प्रधानमन्त्री केपी शर्मा ओलीबाट पदकसहित सम्मानपत्र ग्रहण गरेकी हुन ।
यस सम्मानबाट आफुलाई सामाजिक तथा राजनितिक कार्यमा शसक्त भएर लाग्नको लागि थप प्रेरणा मिलेको उपाध्यक्ष धामीले बताइन् । ‘यस्तो अवार्ड पाउछु भन्ने सोचेकि थिइन, यस अवार्डबाट मैले सामाजको लागि केही गरेको रहेछु भन्ने महसुस भएको छ, सामाजिक तथा राजनितिक क्षेत्रमा लाग्नको लागि थप प्रेरणा पनि मिलेको छ,’ धामीले भनिन् ।



