

बैतडी : राष्ट्रिय स्वतन्त्र पार्टी बैतडीको प्रथम जिल्ला अधिवेशनबाट सभापतिमा भीम नाथ चयन भएका छन् । शनिबार बैतडीको पाटनमा जारी अधिवेशनबाट सभापतिमा नाथ पुन: सर्वसम्मत चयन भएका हुन ।

अन्य पदाधिकारीको भने टुङ्गो लाग्न बाकी रहेको छ ।
अधिवेशनमा रास्वपा बैतडीबाट निर्वाचित सांंसद हरिमोहन भण्डारीको उपस्थिति रहेको छ । अधिवेशनले नाथको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति गठन प्रक्रिया अघि बढाएको भए पनि अन्य पदाधिकारी तथा सदस्यहरूको टुङ्गो लगाउने कार्य भने जारी रहेको जनाइएको छ। पदाधिकारी चयनका लागि आवश्यक छलफल र सहमतिको प्रक्रिया अगाडि बढिरहेको पार्टी स्रोतले जनाएको छ।




