Jaya Bhagawati melauli sunchadi

दोगडामा जारी रनिङ शिल्ड प्रतियोगिता सम्पन्न, श्रीकेदार मावि प्रथम

Patan vally

बैतडी : बैतडीको दोगडाकेदार गाउँपालिकामा जारी पाचौं गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । दोगडाकेदार गाउँपालिका ७ लवलेकमा पौष २४ गतेदेखि सुरु भएको प्रतियोगिता शनिबार सम्पन्न भएको हो ।

Kailpal bahudeshiya

प्रतियोगितामा गाउँपालिकाका ११ वटा बिद्यालयको सहभागीता रहेको थियो । सहभागी बिद्यालय मध्ये श्री केदार मावि दोगडाकेदार ४ पिपलकोट प्रथम भएकोछ ।  श्री केदार माविले प्रथम हुदै ८ स्वर्ण ३ रजत र ३ कास्य जितेको हो ।
सनातन धर्म मावि दोगडाकेदार ३ श्रीकोटले द्वितिय स्थान हासिल गरेको छ । ६ स्वर्ण ७ रजत र ९ कास्य जितेर द्वितिय स्थान हासिल गरेको हो ।
भगवती मावि सित्तडले तृतीय स्थान हासिल गरेको छ । ६ स्वर्ण ३ रजत र ४ कास्य हात पार्दै भवतीमा सित्तडले तृतीय स्थान हासिल गरेको हो ।

दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीको अध्यक्षतामा भब्यरुपमा सम्पन्न भएको रनिङ शिल्ड प्रतियोगितामा पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्द प्रमुख अतिथि रहनुभएको थियो । पौष २४ गते भएको उद्घाटन समारोहमा  दशरथचन्द नगरपालिकाका प्रमुख पुष्करराज जोशी (लख्खाभाई) प्रमुख अतिथि रहनुभएको थियो ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.