Jaya Bhagawati melauli sunchadi

बैतडीको पाटनस्थित भीमदत्त बहुप्राविधिक शिक्षालयमा कार्यरत शिक्षक मृत फेला

Patan vally
Kailpal bahudeshiya

बैतडी : बैतडीको पाटनमा रहेको भीमदत्त बहुप्राविधिक शिक्षालयमा कार्यरत सुरेन्द्रबहादुर बिष्ट मृत फेला परेका छन् । शिक्षालयमा कृषि सहायक प्रशिक्षक पदमा कार्यरत बिष्ट मृत फेला परेका हुन् ।

उपचारका लागि काठमाण्डौं गएका बिष्ट बैतडी फर्कने क्रममा बुटवल उपमहानगरपालिका–७ शिवनगरस्थित सामुदायिक वनमा शुक्रबार मृत फेला परेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । उनी रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका बताइएको छ ।

बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँ घर भएका २५ बर्षीय बिष्ट केही दिन अघिमात्रै उपचारका लागि भन्दै काठमाण्डौं गएका थिए । जिल्ला अस्पतालमा चेकजाँच गराउँदा उनमा जण्डीसको समस्या देखिएकाले थप उपचारका लागि काठमाण्डौं गएका शिक्षालय प्रमुख जीवन पन्तले बताए ।

 

बिष्ट बुटवलमा मृत फेला परेको जानकारी आएपछि उनका आफन्त र परिवारका सदस्य बुटबल गएका छन् । घटनाका बिषयमा थप जानकारी आउन बाँकी रहेको छ । गाउँको एक जना युवा मृत फेला परेपछि कालागाउँ शोकमा डुबेको छ ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.