

बैतडी : सिगासमा जिप दुर्घटना हुँदा गम्भीर घाइते भएका ६ जना मध्ये २ जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

शनिबार बिहान ६ बजे सिगास गाउँपालिका १ माडाैँमा सु.प्र.प्र. ०१००१ च ४०२८ नम्बरको जिप दुर्घटनामा परी सिगास १ बस्ने बर्षिया १४ वर्षिय जयन्ती धामी र १९ बर्षिया पार्वति धामीको मृत्यु उपचारको क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी, प्रहरी निरीक्षक प्रवक्ता बलराम पाण्डेयले बताउनुभयो ।
दुर्घटनामा सिगासकै ४० वर्षीय तुलसी धामी, १६ वर्षीया निरा धामी, १८ वर्षीया कमला धामी, र १४ वर्षीया भागरथी धामी घाइते भएका छन्। घाईते ४ जनाको डडेल्धुरामा उपचार भैरहेकोजिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी, प्रहरी निरीक्षक प्रवक्ता पाण्डेयले बताए ।
सिगास गाउँपालिका १ को गणानबाट इराना जाने क्रममा दुर्घटनाग्रस्त भएको जिप सडकबाट अन्दाजी करिब ७ सय मिटर तल खसेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ



