Jaya Bhagawati melauli sunchadi

“स्थायीत्वले मात्रै दिगो विकास सम्भव हुन्छ” मन्त्री भण्डारी

Patan vally
Kailpal bahudeshiya

बैतडी : नेपाल सरकारका उद्योग बाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले र स्थायीत्वले मात्रै दिगो विकास सम्भव भएको बताएका छन् । मंगलबार बैतडीको पाटन नगरपालिका वडा नं २ स्थित सिद्धनाथ माविको वार्षिकोत्सव कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन ।
छोटो समयमा सरकार बदलीरहेका कारणले विकासमा पनि बाधा पुगेको उनले बताए । ‘दिगो विकासका लागि स्थायीत्व नै चाहिन्छ, त्यसपछि मात्रै दिगो विकासको अनुभुति गर्न सकिन्छ, भारत र चिन जस्ता देशहरु दीर्घकालिन सरकारकै कारण द्रुत विकासको उपभोग गरिरहेका छन्,’ मन्त्री भण्डारीले भने, ‘राजनितिक स्थायीत्व आवश्यक छ, प्रणालीभित्र पनि त्रुटी छ, यसलाई पनि सच्याउनु पर्नेछ,’।
बैतडीबाट प्रतिनिधित्व गरेर मन्त्रालयको जिम्मेवारी समाल्दा आफु कहिकतै नडगमगाएको मन्त्री भण्डारीले बताए । लामो समयसम्म बैतडीबाट प्रतिनिधित्व गररहेको बताउदै भण्डारीले आधारभूत विकासका संरचना, विकासका आयोजना, शिक्षाका लगायतका सेवा प्रवाहमा प्रतिवद्धता जनाए अनुसार काम भइरहेको बताए ।
बैतडीका जनताले दिएको मतको सम्मानमा जनताको अहित हुने काम कहिले नगरेको समेत भण्डारीले बताए ।
जिल्ललाका माग र समस्या सम्बोधनमा आफ्नो ध्यान केन्द्रित रहेको मन्त्री भण्डारीले बताए ।
कांग्रेस र एमालेको गठबन्धनबाट बनेको सरकार पूर्व सहमती अनुसार नै अघि बढेको बताए । डेढ वर्षपछि कांग्रेसले यस सरकारको नेतृत्व गर्ने उनले बताए ।
वर्तमान सरकारले विकासका बाधक रहेका एन, कानुनहरुलाई संसोधन गरिरहेको र अब यसले छिट्टै नतिजा दिने मन्त्री भण्डारीले बताए ।
सोही कार्यक्रममा सहभागि सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार मन्त्री सुरेन्द्र पालले वडा नं २को भौतिक विकासका लागि आफ्नो पहल रहीरहने बताए । सडक निर्माण, पुल निर्माण। मन्दिर निर्माण लगायतका पुर्वाधार निर्माणको समस्या हल गर्नका लागि आफुहरुको भरपूर सहयोग रहीरहने बताएका छन् । विगतमा बजेट निर्माणमा भएको कमजोरीलाई सुधार गरेर अघि बढीरहेको समेत बताए ।
यसैगरी कार्यक्रममा सहभागि प्रदेशसभा सदस्य जानकी ऐर बमले शैक्षिक विकासको लागि आफ्नो सक्दो पहल रहने बताइन् । ‘शिक्षा क्षेत्रमा देखिएका थुप्रै समस्या छन्, भौतिक पुर्वाधार, शिक्षक दरबन्दीका विषयमा आफ्नो पहल रहनेछ,’ सदस्य बमले भनिन् ।
वार्षिकोत्सव कार्यक्रमको अवसरमा नेकपा एमाले पाटन नगरकमिटि उपसचिव महेश प्रशाद पन्तले आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेका छन् । कार्यक्रममा सहभागि मन्त्रीद्वय भण्डारी र पालको हातबाट सो शैक्षिक सामाग्री हस्तान्त्रण गरिएको थियो ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.