Jaya Bhagawati melauli sunchadi

बैतडीमा एमालेको ३ महिने वडा केन्द्रित अभियान सम्बन्धि अभिमुखिकरण

Patan vally

बैतडी : बैतडीको दशरथचन्द नगरपालिकामा नेकपा एमालेको ३ महिने वडा केन्द्रित अभियान सम्पन्न भएको छ। मंगलबार पार्टीको सदस्यता नविकरण, विस्तार, सक्षम युवा नेतृत्व विकासको आधारशिला तयार गर्ने, पार्टी संगठन मजबुत बनाउने उदेश्यले अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको हो ।

Kailpal bahudeshiya

नेकपा एमाले नगर कमिटी अध्यक्ष मनोज बोहराको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि पार्टी केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज लिलाधर भट्ट रहनुभएको थियो ।

पार्टीको नीति,सिद्धान्त र उद्देश्य अनुरुप काम कार्वाही अगाडि बढाउन र “समृद्ध नेपाल सुखी नेपाली”को राष्ट्रिय आकाङ्क्षा पुरा गर्न एमाले नेतृत्व अपरिहार्य रहेको कुरा सन्देश प्रवाह गर्ने लगायतका बिषयमा ईन्चार्ज भट्टले प्रशिक्षण दिएको एमाले प्रचार विभाग प्रमुख पार्वती भट्टले बताईन

अभिमुखिकरण कार्यक्रममा एमाले केन्द्रिय सल्लाहकार परिषद सदस्य मोहन थापा, प्रदेश कमिटी सदस्य बिस्ना चन्द, बैतडी जिल्ला कमिटी उपाध्यक्ष लोकेन्द्र भण्डारी लगायत नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.