

बैतडी : बैतडीको मेलौलीमा खुल्ला भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।
मेलौली नगरपालिका २ कपर्त स्थित कोटेश्वर आधारभुत बिद्यालयको ४१ औं बार्षिकोत्सवको अवसरमा आयोजना गरिएको निमाबि स्तरीय खुल्ला भलिबल प्रतियोगितामा शनिबार कैलपालेश्वर मावि द.न.पा ७ ऐंचेकाँडा प्रथम भएको छ । फाईनलका लागि ऐंचेकाँडासंग प्रतिस्पर्धा गरेको केदारेश्वर मावि दुर्गास्थानले द्वितिय स्थानमा चित्त बुझाएको छ भने आयोजक कोटेश्वरले त्रितिय स्थान हासिल गर्न सफल भएको छ ।

कोटेश्वर आविको खेलमैदानमा शुक्रवार देखि सुरु भएको प्रतियोगितामा नि.मा.वि तहका ८ वटा टिमको सहभागिता रहेको उक्त बिद्यालयका शिक्षक दिपेन्द्र ओडले जानकारी दिनुभयो ।
यहि फागुन ७ गते हुने कोटेश्वर आविको ४१ औं बार्षिकोत्सवको अवसरमा आयोजना गरिएको खुल्ला भलिबल प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टीमलाई रु ५ हजार पाँच नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र, द्वितिय स्थान प्राप्त गर्नेलाई रु ३ हजार तीन सहित शिल्ड मेडल र प्रमाणपत्र तृतीय स्थान हासिल गर्ने टिमलाई रु २ हजार २ रुपैयाँ नगद सहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने प्रधानाध्यापक धनिराम विकले बताए ।
खेलमा मेलौली, दशरथचन्द र पाटन नगरपालिका गरि तीन स्थानिय तहका बिद्यालयहरुको सहभागिता रहेको थियो ।



