Jaya Bhagawati melauli sunchadi

सव डिभिजन कार्यालय स्तरीय सामुदायिक वन उपभोक्ता समुहहरुको योजना तर्जुमा गोष्ठी सम्पन्न

Patan vally

हरि सिंह साउद /पुर्चौडी सम्वादाता

बैतडी : सव डिभिजन  कार्यालय स्तरीय सामुदायिक वन उपभोक्ता समुहहरुको योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । शनिबार डिभिजन बन कार्यालय बैतडी  र सव डिभिजन वन कार्यालय हाटको आयोजनामा बैतडीको पुर्चौडीमा गोष्ठी सम्पन्न भएको हो ।

कार्यक्रममा सामुदायिक बन सम्बन्धी नियम,हिसाबको लेखाजोखा,बनको सिमा बिबाद,बन समिती नबिकरण,  दर्ता प्रक्रिया लगायतका बिषयमा छलफल गरिएको थियो।

Kailpal bahudeshiya

छलफलमा पालिका र सब डिभिजन बिच साझेदारी गर्नेगरी काम अगाडि बढाउनेमा समेत छलफल भएको  थियो।

सब डिभिजन कार्यालय हाटका प्रमुख फोरेस्टर जगत बोहराको अध्यतामा सम्पन्न भएको कार्यक्रममा पुर्चौडी नगरपालिका वडा नं. १ का वडा अध्यक्ष गणेश गडाल प्रमुख अथिती रहेका थिए।

 

गोष्ठीमा पुर्चौडी नगरपालिका भित्रका ३६ वटा सामुदायिक बनका प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको बनरक्षक साहुकार रानाले  बताए ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.