Jaya Bhagawati melauli sunchadi

बैतडीको मेलौलीमा एक जना मृत फेला

Patan vally

बैतडी : बैतडीमा एक जना मृत फेला परेका छन् । जिल्लाको मेलौली नगरपालिका–१ का ५५ वर्षिय तेज सिंह नायक मंगलबार बिहान मृत फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिनुभयो ।

Kailpal bahudeshiya

मेलौली नगरपालिका–७ स्थित बिजु होटलमा सुतिरहेको अवस्थामा आज बिहान साढे ८ बजे नायक मृत भेटिएका प्रहरी निरीक्षक बडूले बताउनुभयो ।

सोमबार खाना खाएर सो होटेलमा सुतेका थिए । आज बिहान घरबाट फोन गर्दा नउठेपछि आफन्तहरु खोजतलासका लागि मेलौली बजार पुगेका थिए । उनी सुतिरहेको कोठाको ढोका फोडेर हेर्दा मृत भेटिएका प्रहरीले बताएको छ । काठमाडौँ बस्दै आएका नायक कुम्भ मेला दर्शन गरि पुजापाठका लागि भन्दै मेलौली आएका थिए ।

घटनाका बिषयमा थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली घटनास्थलमा खटिएको छ ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.