Jaya Bhagawati melauli sunchadi

बैतडीको पुर्चौडीमा महाशिवरात्रीको दिन त्रिवेणी धाममा लाग्ने मेला भब्यरुपमा सम्पन्न

Patan vally

बैतडी : बैतडीको राताशिला त्रिबेणी धाम शिव मन्दिरमा महाशिवरात्रीको दिन लाग्ने शिवरात्री मेला सम्पन्न भएको छ ।

जिल्लाको पुर्चौडी नगरपालिका वडा नं. १ हाटमा रहेको उक्त शिव मन्दिरमा एक दिने शिवरात्री मेला बुधबार सम्पन्न भएको पुर्चौडी सम्वादाता हरि सिंह साउदले जानकारी दिनुभयो।

Kailpal bahudeshiya

पुर्चौडी नगरपालिकाका दशवटै वडाको केन्द्र रहेको  यस वडामा पर्ने राताशिला त्रिबेणी धाम शिबमन्दिरमा प्रत्येक बर्ष  महाशिवरात्रीको अवसरमा भब्यरुपमा मेला लाग्ने गर्दछ ।

त्रिबेणी धाममा जिल्लाका पुर्चौडी नगरपालिका, डिलाशैनी गाउँपालिकाको मठैराज, सुर्नया गाउँपालिकाको झाड्बो, कठमडा, ढोले, सिगासको श्रीभावर, र बझाङ जिल्लाको बुङ्गलबाट समेत दर्शनार्थीहरु दर्शन गर्न आउने गरेका साउदले बताए ।

मेलामा स्थानिय स्तरमा उत्पादित कृषि बस्तु तथा स्थानिय खानाका परिकारको किनमेल समेत हुने गरेको छ । डोको नाम्लो,तरुल,पिँडालु,उखु,भरुवा,मोट्टो,छाप्रा,सुप्पो लगायतका बस्तुहरुको किनमेल भएको थियो ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.