Jaya Bhagawati melauli sunchadi

सुरेन्द्र बिष्टको हत्या गरि फरार रहेका बैतडीको दोगडाकेदारका कर्ण बिष्ट पक्राउ

Patan vally

बैतडी: गाेली प्रहार गरि भाई नाता पर्ने २५ बर्षिय सुरेन्द्र बिष्टको हत्या गरि फरार रहेका बैतडीको दाेगडाकेदार गाउँपालिका-८ कालागाउँका ४५ वर्षीय कर्णबहादुर विष्ट पक्राउ परेका  छन्।

 कर्णबहादुरलाई भारतकाे धार्चुलाबाट आज दिउँसो पक्राउ गरिएको हाे।

गत शनिबार भाइ नाता पर्ने  वर्षीय सुरेन्द्र विष्टकाे गाेली प्रहार गरि हत्या गरेका कर्णबहादुरले त्यसपछि बन्दुकसहित फरार रहेका थिए।

फरार कर्णबहादुरलाई माेबाइलकाे लाेकेशनकाे आधारमा पक्राउ गर्न सफल भएका एक प्रहरी अधिकारीले बताउनुभयो ।

भारतीय सीम प्रयाेग गरेका कर्णबहादुरलाई दार्चुलाकाे पारी भारतकाे धारचुलानजिकबाट पक्राउ गरिएको हाे।

पक्राउ परेका कर्णबहादुरले नेपाल ल्याउने तयारी भएको र त्यसपछि सार्वजनिक गरिने जनाएको छ।

Kailpal bahudeshiya

भाइकाे हत्यापश्चात  कर्णबहादुर बन्दुकसहित भागेका थिए।

बन्दुकसहित भागेकाले प्रहरीले इन्काउन्टर समेतकाे याेजना बनाएर कर्णबहादुरलाई पक्राउ गर्ने याेजना बनाएकाे थियाे।

कर्णबहादुर शिकारी रहेकाले  सिकार गर्दै  यसअघि  पनि कयौंदिन जंगलमै बस्ने गरेका थिए।

फरार रहेका कर्णबहादुर यसअघि हातहतियार ओसारपसारकाे मुद्दामा मुछिएका व्यक्ति समेत हुन्।

लेनदेनकाे विषयमा विवाद हुँदा शनिबार बेलुका ८ बजेतिर घर नजिकैकाे हाेटेलमा खाना खाइरहेका बेला   यातायात व्यवशायी समेत रहेका सुरेन्द्रमाथि  कर्णबहादुरले गाेली प्रहार गरेका थिए।

सुरेन्द्रले  कर्णबहादुरबाट ४० हजार रूपैयाँ असुल गर्नुपर्ने र साेहि विषयमा विवाद भएकाे  र त्यसपश्चात गाेलीकाण्ड भएकाे खुल्न आएको छ।

गाेली प्रहार लगत्तै सुरेन्द्रलाई स्थानीयबासिन्दाले उपचारका लागि जिल्ला अस्पताल पुर्याए। अस्पताल पुर्याउदा चिकित्सकले शनिबार राति नै मृत घाेषणाा गरेका थिए।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.