

बैतडी : डिभिजन वन कार्यालय बैतडीले सुरक्षा निकायलाई वनमा लागेको डढेलो नियन्त्रणका लागि अग्नि नियन्त्रणका सामग्री हस्तान्तरण गरेको छ । जिल्लास्थित तीन ओटै सुरक्षा निकायालाई फायर र्याक , आगो निभाउने स्वाटर, हेलमेट, पन्जा र र्याक हुँ लगायतका अग्नि नियन्त्रणका सामग्रीहरु हस्तान्तरण गरेको हो ।

सोमबार प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यमार्फत नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई अग्नि नियन्त्रणका सामग्रीहरु हस्तान्तरण गरिएको भरतप्रसाद भट्टले जानकारी दिनुभयो । डिभिजन वन कार्यालयको आर्थिक वर्ष २०८१÷०८२ को बार्षिक स्वीकृत कार्यक्रमअनुसार आगलागीका घटनाहरु नियन्त्रणका लागि सामग्रीहरु हस्तान्तरण गरिएको उहाँले बताउनुभयो।
तीन ओटै सुरक्षा निकायलाई १०÷१० सेटका दरले अग्नि नियन्त्रणका सामग्री वितरण गरिएको हस्तान्तरण गरिएको हो । ति सामग्री डिभिजन वन कार्यालयले नेपाली सेनाको श्रीबक्स गुल्म गढी व्यारेक, सशस्त्र प्रहरीको नेपाल नं। ५१ गुल्म हेड क्वाटर बैतडी र जिल्ला प्रहरी कार्यालय बैतडीलाई हस्तान्तरण गरेको हो ।



