Jaya Bhagawati melauli sunchadi

मनकारी शिक्षक प्रकाश जिपीद्वारा सवारी दुर्घटनामा घाइते जगत सुनारलाई एक लाख नगद सहयोग

Patan vally

बैतडी : बैतडीको दोगडाकेदार ८ घर भई हाल कंचनपुर जिल्ला शुक्लाफाँटा नगरपालिका १ बस्ने शिक्षक गणेश पार्की (प्रकाश जीपी) ले सवारी दुर्घटनामा घाइते भएका जगत सुनारलाई एक लाख नगद सहयोग गरेको छ ।

बुधबार शुक्लाफाँटा नगरपालिका वडा नं. ११ दीपनगरका ६३ वर्षीय जगत सुनार २०८१ कार्तिक महिनाको २० गते सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका थिए। झलारीबाट घर फर्किने क्रममा सुनारको छातीमा गम्भीर चोट लागेको थियो । धनगढीमा सामान्य उपचारपछि भारत लगेका भए पनि आर्थिक अभावका कारण उपचार सम्भव नभएपछि उनलाई घर फर्काएको थियो ।
पारिवारिक आर्थिक अवस्था कमजोर भएका सुनारको उपचार हुन नसक्दा घरमै थला परेका छन ।

Kailpal bahudeshiya

घाईते सुनार आर्थिक अभावले उपचार गर्न नपाई घरमै थला परेको खबर थाहा पाएपछि शिक्षक  पार्कीले वडा शुक्लाफाटा नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष शेर बहादुर साउद लगायत वडाका अन्य जनप्रतिनिधिहरुलाई प्रत्यक्ष भेट गरी  वडा कार्यालयमा एक कार्यक्रमका बीच घाईते सुनारलाई आर्थिक सहयोग रकम हस्तान्तरण गरेको  पार्कीले बताउनुभयो ।

ब्यक्तिगतरुपमा उपचारका लागि सहयोग गर्न पाउदा निकै खुसी लागेको शिक्षक पार्कीले बताउनु भयो । पछिल्लो समय दीन, दुःखी र असहायहरुलाई सहयोग गर्ने संस्कार हराउदै गएकाले आफुले गरेको सहयोगले युवा पुस्तामा सहयोग गर्ने संस्कारको विकास होस भन्ने चाहेको उहाँले बताउनुभयो ।

पीडित सुनार लाई सहयोग गर्नु भएकोमा वडा अध्यक्ष  साउदले शिक्षक पार्कीलाई धन्यवाद दिनुभएको थियो ।  जनकल्याण निमावि नयाँगाउँ फिक्कल १ सिन्धुलीमा शिक्षण गर्दै आएका पार्की विगत देखि अपठ्यारोमा परेकाहरुलाई सहयोग गर्दै आउनुभएको छ । “मलाई घर घरेडी श्रीसम्पत्ति जोड्नु भन्दा पनि दीनदुःखी र असहायहरुलाई सहयोग गर्न पाउँदा निकै सन्तुष्टि  मिल्ने गरेको छ” उहाँले भन्नुभयो। 

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.