Jaya Bhagawati melauli sunchadi

बैतडीमा पशुपन्छी तथा मत्स्य विकास योजना तर्जुमा गोष्ठी सम्पन्न

Patan vally

बैतडी:बैतडीमा एक दिने स्थानिय तह र सरोकारवालाहरुको सहभागितामा जिल्लाको पशुपन्छी तथा मत्स्य विकास योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । बुधबार भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रको आयोजनामा उक्त कार्यक्रम पाटनमा सम्पन्न भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र पाटनकी सुचना अधिकारी रत्ना कार्की बताईन।

भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रका प्रमुख गुमानी दत्त पन्तको अध्यक्षता सम्पन्न कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति बैतडीका प्रमुख खगेन्द्र सिंह धामी रहनुभएको थियो। कार्यक्रममा भेटेरीनरी अस्पताल प्रमुख पन्तले चालु आर्थिक बर्षमा संचालन भएका कार्यक्रमको प्रगतिका बारेमा जानकारी दिनुभयो। उहाँले आहारा उत्पादन, पशुहरुलाई दिईने खोपको प्रभावकारिताका बारेमा किसानलाई बुझाउन पर्ने र त्यसका लागि सचेतना फैलाउनु पर्ने बताउनुभयो ।साथै गोठ सुधारमा ध्यान दिन सके पशुपालन राम्रो हुने बताए ।

Kailpal bahudeshiya

प्रमुख अतिथि धामीले अनुदानका कार्यक्रममा सम्बन्धित निकायले निगरानी गर्नुपर्ने र काम नगर्नेलाई अनुदानबाट बन्चित गर्नु पर्ने बताए ।

बिशिस्ट अतिथि पाटन नगरपालिकाका नगरप्रमुख गौरी सिंह रावलले समाजको आर्थिक समृद्धिका लागि कृषि अपरिहार्य रहेको र त्यसका लागि सबैले चासो दिनुपर्ने बताए

कृषि ज्ञान केन्द्रका निमित्त कार्यालय प्रमुख हरिदत्त जोशीले कृषि ज्ञान केन्द्रले चालु आर्थिक बर्षमा संचालन गरेका कार्यक्रम र आगामी आर्थिक बर्षका लागि गर्न सकिने सम्भावित कार्यक्रमका बारेमा जानकारी दिनुभयो ।

कार्यक्रममा पाटन नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष राजेन्द्र सिंह बिष्ट, दशरथ चन्द नगरपालिकाका वडा अध्यक्षहरु र १० वटै स्थानिय तहका पशु शाखामा कार्यरत पशु प्राविधिकहरुको उपस्थिति रहेको थियो । पशु प्रत्येक पालिकाका पशु प्राविधिकहरुले आ-आफ्नो पालिकामा कृषि तथा पशुपालन क्षेत्रमा पालिका तथा अन्य निकायबाट संचालन भएकाका कार्यक्रमका बारेमा जानकारी दिनुका साथै सम्भावनाका बारेमा समेत जानकारी दिएका थिए ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.