Jaya Bhagawati melauli sunchadi

बैतडीमा द्वन्दपिडीतको अवस्था र संक्रमणकालिन न्याय बिषयक अन्तरक्रिया सम्पन्न

Patan vally

बैतडी : बैतडीमा द्वन्दपिडीतको अवस्था र संक्रमणकालिन न्याय बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिबार  जिल्ला सदरमुकाम गढी स्थित दशरथचन्द नगरपालिकाको हलमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा उपस्थित अधिकारकर्मि, पत्रकार, द्वन्दपिडित तथा नागरिक समाजका प्रतिनिधिहरुले संक्रमणकालिन न्यायको काम अझै टुंगोमा पुग्न नसकेको गुनासो गरे ।

कार्यक्रममा उपस्थित द्वन्दपिडीतहरुले आफुहरु अझै सम्म पनि सामाजिक बहिस्करण तथा राज्यको उपेक्षामा परेको बताएका थिए । कार्यक्रममा उपस्थित अयोग्य भनेर बहिर्गमनमा परेकी पुर्व लडाकु भगवती सार्की (सुसिला) ले आफुहरु अहिले सम्म पनि बिहान बेलुका हातमुख जोड्नका लागि गिट्टी कुट्न बाध्य भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘न कुनै राहात पाए, नत राज्यलेनै खोज्यो अयोग्य भनेर फर्काइएपछि केही वर्ष भारतमा बसे अहिले साँझ–बिहान खानका लागि समेत ठुलो संघर्ष गर्नुपरेको छ ।

Kailpal bahudeshiya

कार्यक्रममा सहभागी अर्का द्वन्दपिडीत पुर्व लडाकु नन्दराम ओड क्रान्तिले भन्नुभयो, ‘जे परिवर्तका लागि ज्यानको बाजि लगाएर युद्ध लडियो अहिले न्यो परिवर्त नआएर जातीय विभेदको सामना गरिरहदा दुखः लाग्छ ।’
कार्यक्रममा उपस्थित अधिकारकर्मि सरस्वती नेपालीले द्वन्दपिडीतहरुको वास्तविक तथ्याङ्क सरकारसंग नहुन दुखः भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘न एकीन तथ्याङ्क सरकारसंग छ, नत वास्तविक द्वन्दपिडीतहरुको समस्या समाधाननै भएको छ ।’ उहाँले थप्नुभयो, ‘आयोगहरु बन्छन, द्वन्दको द नजानेका व्यक्तिलाई राजनीतिक भागवण्डका आधारमा जिम्मेवारी दिइन्छ । अनि काँ बाट हामीले न्यायको आशा गर्नसक्छौँ ।’

कार्यक्रममा उपस्थित अधिकारकर्मी निर्मल पाण्डेयले पनि द्वन्दपिडीतकाे एकीन तथ्याकं अझैसम्म पनि सरकारसंग नहुनुले समग्र संक्रमणाकालिन न्यायका लागि समस्याकाे विषय भएकाे बताउनुभयाे ।

कार्यक्रममा बोल्दै इन्सेक सुदूरपश्चिम संयोजक खडकराज जोशीले वास्तविक द्वन्दपिडीतहरुको न्यायका लागि नागरिक समाज बलियो हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकारले आयोग मात्रै गठन गर्ने तर वास्तविक द्वन्दपिडीतहरुको समस्याका बारेमा जिम्मेवार नहुँने विगतको परिपार्टी नदोहो¥याउनका लागि नागरिक समाजले शसक्त हुनुपर्छ ।’

कार्यक्रममा द्वन्दपिडीत परिवारका केही प्रतिनिधि, अधिकारकर्मि, पत्रकार, इन्सेक सुदूरपश्चिम प्रदेशको टोली, नागरिक समाजका प्रतिनिधि लागयतको सहभागिता रहेको थियो ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.