

बैतडी : पाटन नगरपालिकाको सातौं नगरसभा अधिवेशन तथा दोस्रो बैठक स्थगित गरिएको छ । सोमबार आर्थिक बर्ष २०८२/८३ को बार्षिक बजेट तथा कार्यक्रममा नगर उपप्रमुख कमल सिंह बोहरा ‘अपी’ उपस्थित नभएपछि नगर प्रमुख गौरी सिंह रावलले नगरसभा स्थगित गरेका हुन ।

नगरपालिकाको सभाहलमा ढिलो गरि सुरु भएको नगर सभामा नगर उपप्रमुख बोहराले तयारी नपुगेको कारण देखाउदै अनुपस्थित भएपछि नगरप्रमुख रावलले मंगलबार बिहान ८ बजे बस्ने गरी नगरसभा स्थगितको घोषणा गरेका हुन । नगर उपप्रमुख बोहराले समय अभावका कारण समय माग गरेकाले नगरसभा भोलि सम्मका लागि स्थगित गरिएको नगरप्रमुख तथा सभाध्यक्ष रावलले बताए । “नगर उपप्रमुखको अनुपस्थितिमा हामीले नगरसभामा बजेट पेस नगरेकाले त्यसले गलत नजिर बस्छ” उहाँले भन्नुभयो ।

बजेटमा कर्मचारीको तलबमा समेत कटौती गरिएकोले उपप्रमुख बोहराको असन्तुष्टि रहेको स्रोतको दाबी छ । तर बजेट प्रस्तुत गर्नु पुर्व बजेट तयार भएपछि अध्ययन पनि गर्नुपर्ने भएकाले समय माग गरिएको बताईएको छ ।
यस अघि असार ६ गते पनिनगर नगरसभा स्थगित गरिएको थियो । नगरसभा सदस्य भिम दत्त भट्टले बेला बेला जानकारी नगरसभा स्थगित गर्नुले सदस्यहरुको अपमान गर्न खोजेको आरोप लगाए । ” यस्तो अपमान नगरियोस किन के कारणले नगरसभा स्थगित गरियो यदि उपप्रमुख ज्युलाई जानकारी गरिएन भने किन जानकारी गरिएन यसको जवाफ दिनुपर्यो यदि उपप्रमुख ज्युले जानकारी हुँदाहुदै उपस्थित हुनु भएन भने यसको जानकारी उहाँले जनतालाई दिनु हुनेछ” उहाँले भन्नुभयो ।

कार्यपालिका सदस्य रमेश कोलीले उपप्रमुखले समय मागको गरेको भए ठिक छ तर बजेटमा तल माथि भयो भने यसको जिम्मेवारी नगरप्रमुखले लिनुपर्ने बताए ।
वडा नं. ८ का वडा अध्यक्ष हरिश बिष्टले कसैले हैकमवादको आधारमा जान चायो भने त्यो कुनै पनि अधारमा स्वीकार्य नहुने बताए । उनले उपप्रमुख ज्युले अध्ययनका लागि समयको माग गर्दा पनि आजै नगरसभा उद्घाटन गरौ भनि हद गरेको आरोप लगाए ।



