Jaya Bhagawati melauli sunchadi

बैतडीमा मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु

Patan vally

बैतडी : बैतडीमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो १ः ३० बजेतिर सुर्नया गाउँपालिका–८ स्थित ढोल्यामोड–पुर्चाैडी सडकखण्डमा एकआपसमा ठोक्किएर दुर्घटना हुँदा अन्य चार जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकरी दिनुभयो ।

Kailpal bahudeshiya

श्रीभावरदेखि पुर्चौडीतर्फ जादै गरेको पुर्चाैडी नगरपालिका–५ का २४ वर्षीय अमिर कठायतले चलाएको सुदूरपश्चिम प्रदेश ०१ ०१३ प ४२४६ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आइरहेको सुर्नया गाउँपालिका–८ का ३४ वर्षीय जनक लुहारले चलाएको से ५ प ४७१७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका हुन् ।

मृत्यु हुनेमा सुर्नया–८ का मोटरसाइल चालक समेत रहेका ३४ वर्षीय जनक लुहार रहेका प्रहरी निरीक्षक सिंहले बताउनुभयो ।

दुर्घटनामा परि पुर्चाैडी–५ का २४ मोटरसाइल चालक वर्षीय अमिर कडायत, सोहीका वडाका ३९ वर्षी हिक्कमत कुँवर, सिगास गाउँपालिका–९ का ३५ वर्षीय जयबहादुर चन्द र सोही ठाउँका ३६ वर्षीय केशवबहादुर चन्द घाइते भएका उहाँले बताउनुभयो ।

घाइतेमध्ये अमिर र हिक्मतलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरीले जनाएको छ । घाइते अमिरको अवस्था मध्यम रहेको भने अन्यको अवस्था सामान्य रहेको छ ।
घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.