

बैतडी : बैतडीको मेलौली नगरपालिका २ सलेनाको धर्मघर माविमा कार्यरत शिक्षक केशव दत्त भट्टको बिदाई गरिएको छ ।
लामो समय शिक्षण पेशामा आबद्ध बैतडीको मेलौली नगरपालिका २ सेलीका शिक्षक भट्टको बिदाई गरिएको हो। ४१ बर्ष बिभिन्न शिक्षण पेशामा आबद्ध रहि सेवा गरेका शिक्षक भट्टको बिहिवार धर्मघर माविले एक कार्यक्रमको आयोजना गरि बिदाई गरेको हो ।

शिक्षक भट्टले धर्मघर माविमा अक्षयकोष स्थापना गरेका छन । उनले विद्यार्थीहरुको मनोबल बढाउन पुरस्कारमा खर्च गर्ने गरि १ लाख ११ हजार १ सय ११ रुपियाँको अक्षयकोष स्थापना गरेका हुन । सो रकमको ब्याजबाट कक्षा ८, १०, १२ मा अध्ययन गर्ने उत्कृष्ट विद्यार्थीलाई पुरस्कारको ब्यवस्था गरिने शिक्षक भट्टले बताए।
उनले करिब १७ बर्ष धर्मघर मावि सलेनामा प्रधानाध्यापकको जिम्मेवारीमा रहि काम गरेका थिए ।
धर्मघर माविलाई अहिलेको अवस्थासम्म पुर्याउन शिक्षक भट्टको निकै ठुलो योगदान रहेको प्रधानाध्यापक लोकराज जोशीले बताए । आधा दर्जन बढी बिद्यालयमा ३० बर्ष प्रधानाध्यापकको जिम्मेवारीमा काम गरेका थिए ।
उनी २०४० चैत्र ८ गते देखि शिक्षण पेसा सुरु गरि २०८१ चैत्र १६ मा सेवा निवृत्त भएका थिए ।



