Jaya Bhagawati melauli sunchadi

बैतडीको भुमेश्वर माविमा पुर्व विद्यार्थीले गरे अक्षयकोष स्थापनार्थ पुर्व विद्यार्थी सम्पर्क मञ्च गठन

Patan vally

बैतडी : बैतडीको पाटन ४ ठाँड,बगाडीमा रहेको भुमेश्वर माध्यमिक विद्यालयमा अक्षयकोष स्थापनाका लागि पुर्व विद्यार्थीहरुले पुर्व विद्यार्थी सम्पर्क मञ्च गठन गरेका छन् । शनिबार अक्षयकोष स्थापना गर्ने उद्देश्यले पुर्व विद्यार्थीहरुको सहभागितामा सम्पर्क मञ्च गठन गरिएको शिक्षक लोकराम विकले बताए ।

Kailpal bahudeshiya

स्वास्थ्यकर्मी धर्म विकको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको उनले बताए । विद्यालयमा अनाथ, टुहरा बालबालिकालाई छात्रवृत्ति र आर्थिक रुपमा कमजोर विद्यार्थीहरुलाई सहयोग गर्ने उद्देश्यले अक्षयकोष स्थापना गरिन लागेको पुर्व विद्यार्थी सम्पर्क मञ्चका अध्यक्ष धर्म विकले बताए ।

उपाध्यक्षमा मनोज चन्द, सचिवमा पार्वती कार्की विष्ट,कोषाध्यक्षमा शिद्धराज भट्ट र सहसचिवमा कुसुम विष्ट सहित ११ सदस्यीय समिति सर्वसम्मत चयन गरिएको अध्यक्ष विकले बताए ।
अक्षयकोष स्थापना गरि विभिन्न ठाउँबाट सहयोग संकलन गरेर विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सहयोग गरिने मञ्चले जनाएको छ ।

कार्यक्रममा पुर्व विद्यार्थीहरुको उत्साहपुर्ण सहभागिता रहेको थियो ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.