

बैतडी : बैतडीका बिभिन्न ठाउँहरुमा जंगली जनावरले मकैबालीमा क्षति पुर्याउन थालेपछि किसान चिन्तित बनेका छन । दिनमा बादर र रातीको समयमा दुम्सी र बदेलले मकैबाली सखाप पार्न थालेपछि किसान चिन्तित बनेका हुन ।

यस अघि हावाहुरीले क्षति गरेको मकैबारी बाकी रहेको जंगली जनावरले सखाप पार्न थालेको पुर्चौडी नगरपालिकाका वडा नं. ८ का किसान पदम साउदले बताए । “पहिला हुरि बतासले तोड्यो अहिले बाली चोर लागेर फल लाग्नेबेला सुगर बँदेल बादर दुम्सी लगायत कोकले कागले र अन्य चराचुरुङ्गिले सखाप पारेको छ” उनले भने ।
पुर्चौडीका बिजयपुर महरगाउ साङडी बुरुसे,वडा नं. ९ को नाईनी, देसाली, तेलिखेत, पोखरी, वडा नं ८को डणपुर लामुनी,धौनाली, अल्लेबगड, बबिडा,मल्लादेही भाडी,वडा नं ७को रतोका, अल्याडी अल्लेबगड,ऐरिगाउ,घाणालेक,वडा नं ६ को नैना तिरकाली ढोल्यामोड,रुइसेनी,धारुडी वडा नं५ का तहताल, औसडा,जागरिगाउ गल्लेक वडा नं ४का शिबाबो, धौलकाडा, वडा नं ३का तोलिगाउ,नोलाकसाड नाकाली बत्थी वडा नं २ का बिभिन्न टोलहरुमा मकैबालीमा क्षति पुर्याएको पुर्चौडी सम्बादाता हरि साउदले जानकारी दिनुभयो ।
यस्तै जिल्लाको मेलौली नगरपालिका लगायत विभिन्न ठाउँहरुमा जंगली जनावरले पाक्ने बेला मकैबालीमा क्षति पुर्याउन थालेपछि भोकमरी हुने समस्याले किसान चिन्तित बनेका छन् ।



