


बैतडी: नेपाली काङ्ग्रेस निकट संगठन नेपाल स्वास्थ्यकर्मी संघको पाँचौ जिल्ला अधिवेशन सम्पन्न भएको छ । शनिबार जिल्ला अस्पताल बैतडीको हलमा सम्पन्न अधिवेशनबाट पुनः महेश भट्टलाई नै अध्यक्षमा सर्वसम्मत चयन गरिएको निजामती कर्मचारी युनियनका जिल्ला अध्यक्ष मनोज भट्टले जानकारी दिए ।
सचीवमा बिनोद भट्ट कोषाध्यक्षमा गणेश भट्टराई गरि २३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको उनले बताए ।
पूर्व दशरथचन्द नगरपालिकाका नगर प्रमुख तथा पुर्व पार्टी जिल्ला सभापति नरेन्द्र सिंह थापाको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति सदस्य महेन्द्र कार्की, स्वास्थ्य कार्यालयका प्रमुख तीर्थराज भट्ट, जिल्ला कार्यसमिति सदस्य, लगायत स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो ।
अधिवेशनबाट ६ जना प्रदेश र ६ जना केन्द्रिय प्रतिनिधि समेत चयन गरिएको थियो ।



