

बैतडी :शहीद भिमदत्त पन्तको ७२औं स्मृति दिवस बैतडीमा पनि मनाइएको छ । शनिबार दलित समाज विकास मञ्च र भूमीमा महिला बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा शहीद भिम दत्त पन्तको समझानामा स्मृति दिवस मनाईएको दलित समाज विकास मन्चका सचिव बलभद्र दयालले बताए।

सहायक प्रमुख जिल्ला अधिकारी बिनोद भट्टराईको प्रमुख आतिथ्यतामा शहिद पन्तलाई श्रद्धा सुमन ब्यक्त गरिएको दयालले बताए।
शहिद भिम दत्त पन्तले भनेको “बम्बैइ जाने रेलगाडीमा दिल्लीको माल आयो, गरिबका दिन आया ठालुको काल आयो” यो भनाईलाई स्मण गर्दै दलित समाज विकास मन्चकी अध्यक्ष सरस्वती नेपालीले हलियाहरुको मुक्तिका लागि पनि सहिद पन्तको भुमिका महत्त्वपूर्ण रहेको बताए ।
शहीद भिमदत्त पन्तले खेलेको भुमिकाले नेपाली समाजलाई आधुनिक समाजमा रुपान्तरण गर्न महत्वपूर्ण भुमिका खेलेको सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए । तर अझै पनि विभिन्न किसिमका विभेद कायमै रहनु दुखद भएको पनि उनले बताए । “समाजमा हुने बर्गिय विभेद, छुवाछूत, लगायतका सम्पुर्ण बिकृतिहरुको अन्त्य गरि सबैले आत्मसम्मान पुर्वक बाच्न पाउने अधिकारको रक्षा गर्नमा प्रतिबद्ध छौ” उहाँले भन्नुभयो ।
१९८३ मंसिर १० गते डडेल्धुराको कारीगाउँमा जन्मिएका भीमदत्त पन्तको २०१० साउन १७ गते डडेल्धुराको आलिताल र डोटीको छतिवनको सिमानामा पर्ने गल्लेख भन्ने ठाउँमा हत्या भएको थियो ।



