Jaya Bhagawati melauli sunchadi

बैतडीमा भुइमा लत्र्याएर तानेको तारमा करेन्ट लागेर बालकको मृत्यु

Patan vally
Kailpal bahudeshiya

बैतडी:बैतडीमा करेन्ट लागेर एक बालकको मृत्युु भएको छ ।
जिल्लाको सिगास-९  बाच्पानीका दिपक बोहराका १२ वर्षीय छोरा बसन्त बोहराको मृत्यु भएको हो ।
शुक्रबार मध्याह्न करिब १२ बजेको समयमा स्थानीय घुम्तीमोड नजिकैको जङ्गलमा बाख्रा  चराउन गएका बोहराले समातेको लट्ठी जमिन नजिकै भएर तानिएको विधुतको तारमा करेन्ट लागेर बोहराको मृत्यु भएको स्थानीय डबल बोहराले जानकारी दिए ।
बाख्रा चराउने क्रममा भुइ नजिकैबाट लत्रीएर तानिएको तारमा छोइन गइ करेन्ट लागेको हो ।
खोडपे देखि श्रीभावरसम्म तानिएको लाइनमा उक्त घटना भएको हो । भुइ नजिकैबाट लापरबाही तवरले तार तानिएको स्थानीयहरुले बताएका छन् । विधुतको चरम लापरबाहीले यो घटना भएको स्थानीयको आरोप छ ।
यसअघि पनि उक्त ठाउमा घटना भएका थिए ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.