

बैतडी : मेलौली नगरपालिका २, स्थित दुर्गास्थान स्वास्थ्य चौकीको आर्थिक वर्ष २०८२/८३ को सार्वजनिक सुनुवाइ तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

स्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्ष एवं मेलौली नगरपालिका वडा नं.२ का वडा अध्यक्ष कृष्ण दत्त भट्टको अध्यक्षतामा सम्पन्न भएको सार्वजनिक सुनुवाइ तथा सामाजिक परिक्षण कार्यक्रममा स्थानीय सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
स्वास्थ्य चौकीमा सम्पादन भएका स्वास्थ्य सेवा, कार्यक्रम तथा वित्तीय विवरणबारे जानकारी गराएको स्वास्थ्य चौकी ईन्चार्ज राज बहादुर चन्दले जानकारी दिनुभयो ।
कार्यक्रममा बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै स्वास्थ्य चौकी ईन्चार्ज चन्दले स्वास्थ्य संस्थाबाट प्रदान गरिएका नियमित तथा विशेष स्वास्थ्य सेवा, प्रसूति सेवा, मातृ तथा शिशु स्वास्थ्य, खोप सेवा, परिवार नियोजन लगायत नियमित सेवा प्रवाह सम्बन्धि जानकारी गराएका थिए।




