Jaya Bhagawati melauli sunchadi

बैतडीको दुर्गास्थान स्वास्थ्य चौकीको सार्वजनिक सुनुवाई सम्पन्न

Patan vally

बैतडी : बैतडीको मेलौली नगरपालिका वडा नं. २ मा रहेको दुर्गास्थान स्वास्थ्य चौकीले २०८१/८२ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।

शुक्रबार  सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा गत आर्थिक बर्षमा प्रवाह गरिएका सेवाका विषयमा दुर्गास्थान स्वास्थ्य चौकीका ईन्चार्ज टंक प्रसाद बागले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

Kailpal bahudeshiya

मेलौली वडा नम्बर २ मा दुईवटा स्वास्थ्य चौकी छन । दुर्गास्थान स्वास्थ्य चौकीले २ नम्बर वडाको आधा जनसंख्या आफ्नो सेवा क्षेत्र बनाएको छ । तर भौगोलिक हिसाबले नजिक पर्ने भएकाले मेलौली नगरपालिका वडा नम्बर ३, पाटन नगरपालिका वडा नम्बर ५ र  दशरथचन्द नगरपालिका वडा नम्बर ७ का सेवाग्राही पनि आउने गरेका छन ।

उपलब्ध स्रोत साधनको अधिकतम प्रयोग गरि नागरिकको सेवामा लागि परेको भएपनि भौतिक संरचनाको अभाव रहेको ईन्चार्ज बागले बताए । न्युनतम सेवा मापदण्डको आधारमा गरिने मुल्यांकनमा समेत भौतिक संरचनाको अभावले पछि परेको उनले गुनासो गरे। भवनहरुको अभाव र भएका भवनहरु पनि जिर्ण अवस्थामा रहेकाले नागरिको उपचारमा समेत समस्या हुने गरेको उनले बताए । “एउटै कोठामा प्रशासन, ओपिडी, बिरामी भर्ना, बिरामीको पट्टी बाध्नुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो ।

मेलौली नगरपालिका वडा नं. २ का वडा अध्यक्ष कृष्ण दत्त भट्टले स्वास्थ्य चौकीको बिषयमा सकारात्मक रहेको र आवश्यकता परिपुर्ति गर्नेतिर प्रयास गर्ने बताए ।

कार्यक्रममा वडाका जनप्रतिनिधि, स्वास्थ्य कर्मी, शिक्षक, आमा समूह, महिला समूह, महिला स्वास्थ्य स्वयंसेविका लगायत सेवाग्राहीहरूको सहभागिता थियो ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.