Jaya Bhagawati melauli sunchadi

बैतडीमा बाल बिवाह अन्त्यका लागि मिडिया सम्वाद कार्यक्रम सम्पन्न

Patan vally

बैतडी : बैतडीमा बाल विवाह अन्त्य लगायत सामाजिक कुरीतिको रोकथामका लागि मिडिया सम्वाद कार्यक्रम सम्पन्न गरिएको छ । बुधबार  दलित समाज विकास मंचको आयोजनामा मेलौली नगरपालिकाको सभाहलमा उक्त कार्यक्रम सम्पन्न गरिएको दलित समाज विकास मंचका सचिव बलभद्र दयालले बताए।

Kailpal bahudeshiya

दलित समाज विकास मंचले २०६० साल देखि समाजमा रहेका हलिया प्रथा, जातीय विभेद, बाल बिवाह, लैङ्गिक हिंसा,  लगायत सामाजिक कुसंस्कारका विरुद्ध आवाज उठाउदै आएको दलित समाज विकास मंच बैतडीका  अध्यक्ष सरस्वती नेपालीले बताईन । समाज रुपान्तरणको अभियानमा सबै पक्षले हातेमालो गर्दै अगाडि बढ्नुपर्ने उनले बताईन।

कार्यक्रममा बैतडी जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेल, सुरक्षा निकायका प्रमुख, मेलौली नगरपालिकाका नगरप्रमुख भीम बहादुर चन्द ‘भुकम्प’, किशोर किशोरीहरुको सहभागिता रहेको थियो । बाल बिवाह, जातिय विभेद सम्बन्धी कानुनी प्रक्रियाका बारेमा किशोरीहरुले उठाएका प्रश्नका बिषयमा खुल्ला छलफल गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी पौडेलले बाल विवाह भएको थाहा पाउने बित्तिकै प्रहरीलाई खबर गर्न अनुरोध गर्नु भयो । कानुन अनुसार दोसीलाई कार्वाही र पीडितलाई न्याय दिने कुरामा हामी कटिबद्ध रहेको बताउनुभयो ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.