

बैतडी : बैतडीको मेलौली नगरपालिका -२ स्थित कोटेश्वर आवि कपर्तको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा टेकराम ओड चयन भएका छन ।
शुक्रबार भएको अभिभावक भेलाले ओडलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । ओडको नेतृत्वमा ९ सदस्यीय समिति चयन गरिएको हो ।

समितिको सदस्यमा खगेन्द्र बहादुर चन्द, भानु ओड, पार्वती ओड, हरे ओड र लछिराम ओड चयन भएका छन् ।
जनप्रतिनिधिबाट वडा सदस्य केशव दत्त भट्ट सदस्यमा चयन भएका प्रधानाध्यापक धनिराम विकले बताए।
यस्तै सदस्य सचिवमा धनिराम विक र शिक्षक प्रतिनिधिबाट दिपेन्द्र राम ओड सदस्यमा चयन भएका हुन ।
विद्यालयको शैक्षिक गुणस्तर सुधार र विद्यार्थीको सिकाइ उपलब्धि बढाउन निरन्तर पहल गर्ने र खानेपानी र शौचालय लगायतका आधारभूत आवश्यकताको परिपुर्ति गर्ने अध्यक्ष ओडले बताए ।



