Jaya Bhagawati melauli sunchadi

बैतडीमा ट्रयाक्टर दुर्घटना हुदा एकजनाको घटनास्थलमै मृत्यु

Patan vally

बैतडी : बैतडीमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

धनगढीबाट दार्चुलातर्फ आउँदै गरेको म १ त १०१३ नम्बरको ट्रयाक्टर आज बिहान करिब ९: ३० बजेको समयमा पाटन नगरपालिका–८ अनारखोलीमा दुर्घटनामा परेको हो। दुर्घटनामा परेर दार्चुला जिल्लाका अन्दाजी २०–२१ वर्षका करन बुढामगरको घटनास्थलमै मृत्यु भएको छ।

Kailpal bahudeshiya

दुर्घटनामा घाइते भएका तीन जनालाई उद्धार गरी उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहका अनुसार ट्रयाक्टरमा चालकसहित चार जना सवार थिए। अनियन्त्रित भएर ट्रयाक्टर सडकबाट करिब ५० मिटर तल खसेको थियो।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको र अन्य विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.