Jaya Bhagawati melauli sunchadi

बैतडीको मेलौलीमा जारी भाले कपको उपाधि आयोजक दिपज्योतिलाई

Patan vally

बैतडी : बैतडीको मेलौली २ स्थित कोटेश्वर आविको खेलमैदानमा जारी १६ बर्षमुनिको पुरुष भाले कप भलिबल प्रतियोगिताको उपाधि आयोजक टीम दिपज्योति युवा क्लवले जीतेको छ । बुधबार देखि सुरु भएको प्रतियोगितामा जर्कुलाई २-१ सेटले पराजित गर्दै उपाधि जितेको हो ।

Kailpal bahudeshiya

प्रतियोगितामा जर्कु द्वितीय र ग्वाल्लेक तृतीय स्थान हात पार्न सफल भएको खेल व्यवस्थापक दिपेन्द्र ओडले  बताए ।

छ वटा टिम सहभागी रहेको प्रतियोगिता लिग चरण हुँदै फाइनलसम्म पुगेको थियो।  प्रथम हुने टिमलाई भाले, द्वितीय हुने टिमलाई एक हजार रुपैयाँ र तृतीय हुने टिमलाई छ सय रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ।

आयोजकका अनुसार भाले कप प्रतियोगिताले १६ वर्षमुनिका युवाहरुको खेलप्रतिको रुचि जगाउन र खेलकुदको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.