


बैतडी : बैतडीको पाटन बजार अनुगमन गरिएको छ।
शनिबार पाटन नगरपालिकाका नगर उपप्रमुख कमल बोहराको संयोजकत्वमा गरिएको अनुगमनमा ४५ हजार ३० रुपैया बराबरको अखाद्य सामग्री बरामद गरि नष्ट गरिएको हो ।
अनुगमनका क्रममा म्याद नाघेका अखाद्य सामग्री बरामद गरी नष्ट गरिएको उपप्रमुख बोहराले बताए ।
अनुगमनका क्रममा चाउचाउ,बिस्कुट, नमकीन, चिप्स, मसला, चिउरा लगायतका म्याद नाघेका सामग्री बरामद गरी नष्ट गरिएको बताइएको छ । बजार अनुगमन गर्दा व्यापारीहरुलाई उपभोग्य मिति हेरेरमात्रै खरीद विक्रि गर्न आग्रह गरिएको बजार अनुगमन समितिले जनाएको छ ।
यस्तै बजार अनुगमनका क्रममा सम्बन्धित निकायमा दर्ता तथा नवीकरण नभएका पसलहरुलाई दर्ता तथा नवीकरण गर्न आग्रह गरिएको छ । बजारबाट कुनै पनि सामग्री खरीद गर्दा उत्पादन मिति र उपभोग्य मिति हेरेर मात्रै खरीद गर्न उपभोक्ताहरुलाई पनि आग्रह गरिएको छ ।



