Jaya Bhagawati melauli sunchadi

आफ्नै भवनबाट मेलौली -२ ले दिन थाल्यो सेवा

Patan vally

बैतडी : मेलौली नगरपालिका वडा नम्बर २ ले सोमबारदेखि आफ्नै भवनबाट सेवा दिन सुरु गरेको छ ।
वडा अध्यक्ष कृष्ण दत्त भट्टले अक्षय तृतीयाको शुभ साईत पारी गणेश कलशको पुजन लगायत रुद्रीपाठ गरेर भवनको विधिवत उद्घाटन गरेका हुन ।

यस अघि सुरुदेखि भाडाको घरबाट सेवा दिईरहेको वडा कार्यालयले मेलौली २ स्थित गेरडाको नवनिर्मित भवनबाट सेवा दिन थालेपछि सेवाग्राहीलाई सहज र व्यवस्थित रूपमा सेवा प्राप्त हुने वडा अध्यक्ष भट्टले बताए।

Kailpal bahudeshiya

“भाडाको संरचनामा काम गर्दा स्थानको अभाव र व्यवस्थापनमा समस्या थियो। अब आफ्नै भवन भएपछि सेवाको गुणस्तरमा सुधार आउनेछ”, उनले भने ।

चारकोठे भवन रहेको वडा कार्यालयमा अब मिटिङ हलको पनि सुबिधा रहेको उनले बताए।

स्थानीय बासिन्दाले पनि नयाँ भवन सञ्चालनमा आएकोमा खुसी व्यक्त गरेका छन्।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.