
बैतडीको पाटन भ्याली स्कुलका संस्थापक नारायण सिंह भण्डारी राष्ट्रीय शिक्षा पुरस्कार २०८१ बाट सम्मानित


बैतडीः प्रत्येक बर्ष नेपाल विद्याभूषण, तथा राष्टिय शिक्षा पुरस्कार सम्बन्धी निर्देशिका २०७७ अनुसार मुलुकको समग्र विकास र समुन्नतीको लागि शिक्षालाई राष्टिय महत्व दिई शिक्षा क्षेत्रमा महत्वपुर्ण योगदान पु¥याउने व्यक्ति र शैक्षिक क्षेत्रमा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थी तथा शिक्षण संस्थालाई विभिन्न किसिमका पुरस्कारबाट नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सम्मान गर्दै आएको छ ।
राष्टिय शिक्षा पुरस्कार २०८१ बाट सम्मानित हुनुभएको छ २७ बर्ष भन्दा बढी पाटन भ्याली स्कुल पाटन बैतडीको संस्थापकको जिम्मेवारी सम्हाल्दै आउनुभएका नारायण भण्डारी । वि.स. २०२२ सालमा पाटन नगरपालिका ६ मा जन्मिनुभएका भण्डारीले २०५० सालमा एमबिए पास गरेका थिए । सो समयमा पढे लेखेका ब्यक्तिहरु पाउन मुस्किल थियो । तत्कालिन समयमा पैसा कमाउने धेरै विकल्प हुदाहुदै पनि आफ्नो गाउँठाउँ र समाजलाई पनि कुनै किसिमले योगदान दिनुपर्छ भनेर बिद्यालय स्थापना गरेको बताउछन । बिद्यालयलाई यो स्थानसम्म पु¥याउन यस संस्थासंग जोडिएका सम्पुर्ण ब्यक्ति, अभिभावक, ब्यवस्थापन समिति, शिक्षक र बिद्यार्थीहरुको भुमिका महत्वपुर्ण रहेको उनी बताउँछन ।
२०५५ सालमा पाटन भ्याली स्कुलको स्थापना गरेका भण्डारीले संस्थापकको जिम्मेवारी सम्हालेको २७ बर्ष भयो । अहिलेसम्म पनि दक्ष जनशक्ति उत्पादन गर्ने कार्यमा आफ्नो क्षेत्रबाट योगदान पु¥याइरहेको उनी बताउँछन् । आफूले उत्पादन गरेका बालबालिकाहरु राम्रो ठाउँमा पुगेको देख्दा आनन्द लाग्ने गरेको उनी सुनाउँछन ।
पछिल्लो समय सामुदायिक विद्यालयको नतिजा घस्कीदो अवस्थामा गइरहेका बेला निजी लगानीबाट संचालनमा आएको पाटन भ्याली स्कुलले यस बर्ष एसईईमा सत प्रतिशत नतिजा ल्याएको थियो ।
पाटन भ्याली स्कुलका संस्थापक भण्डारी राष्टिय शिक्षा पुरस्कार २०८१ बाट सम्मानित भएका हुन । यसरी राज्य क्षेत्रबाट पहिलो पटक सम्मानित हुन पाउदा खुसी लागेको र यसले काम गर्ने उर्जा झनै थपिएको उनी बताउँछन् ।



