

बैतडी : बैतडीको पाटनमा रहेको साल्ट ट्रेडिङ कर्पोरेशनको डिपोबाट बिक्रि हुने चिनीको मूल्यमा संसोधन गरिएको छ । यसअघि साल्ट ट्रेडिङको पाटन डिपोले बजारकै मूल्य अर्थात ११० रुपैँयामा उपलब्ध गराउदै आएको थियो ।

बजारकै मूल्यमा चिनी उपलब्ध हुने भनेपछि साल्ट ट्रेडिङ कर्पोरेशनले सञ्चालन गर्ने सुपथ मूल्य पसलको औचित्य माथी प्रश्न उठेको थियो । अहिले चिनीको मूल्य प्रतिकिलो १०२ रुपैँया ५०पैशा कायम गरिएको साल्ट ट्रेडिङ कर्पोरेशन पाटन डिपोका इन्चार्ज प्रेम सिंह कठायतले जानकारी दिए ।
साल्ट ट्रेडिङ कर्पोरेशनको पाटन डिपोबाट चिनीसहित नुन, चिउरा र तेल सहुलियत मुल्यमा उपलब्ध भैरहेको जनाएको छ । नुनको २४ रुपैँया, तेल ११० रुपैँया, चिउरा ११० रुपैँयामा उपलब्ध गराइरहेको बताइएको छ ।



