Jaya Bhagawati melauli sunchadi

मुख्यमन्त्री शाहद्वारा पुर्चाैडीको प्रशासकीय भवन उद्घाटन

Patan vally
Kailpal bahudeshiya

बैतडी :बैतडीको पुर्चाैडी नगरपालिकाको प्रशासकीय भवनका उद्घाटन गरिएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले रिबन काटेर उद्घाटन गर्नु भएको हो ।
भवनको भव्य उद्घाटन गरिएको र नगरपालिकाको सेवा प्रवाहमा सहज हुने पुर्चाैडी नगरपालिकाका नगर प्रमुख दीपक बहादुर बमले जानकारी दिए ।
भवन समुद्घाटन कार्यक्रमा मुख्यमन्त्री शाहसँगै बैतडीबाट निर्वाचित प्रदेशसभा सदस्य शिवराज भट्ट, दार्चुलाबाट प्रदेशसभा सदस्य बिक्रम धामी, बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा, जिल्ला समन्वय समितिका उपप्रमुख दमन बहादुर कुवँर,  पुर्चाैडी नगरपालिकाका उपप्रमुख मिना धानुक लगात जनप्रतिनिधि, कर्मचारी, स्थानीय एवं विभिन्न राजनितिक दलका प्रमुख एवं प्रतनिधिहरुको सहभागिता रहेको थियो ।
२०७७ मंसिर १६ गते वाई आर कन्ट्रक्स प्रालीसँग ६ करोड ७६ लाख ६८ हजार ८५ रुपैयामा सम्झौता भएको थियो । यो भवन २०८१ जेठमा सम्पन्न भएको हो ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.