Jaya Bhagawati melauli sunchadi

मालपोत बैतडीका हाकिम सार्की विभाग तानिए, सिडिओमार्फत कारवाही सिफारिस

Patan vally
Kailpal bahudeshiya

बैतडी : जिल्ला मालपोत कार्यालय बैतडीका प्रमुख अशोक सार्कीको जिम्मवारी खोसिएको छ । उनलाई विभागमा तानिएको छ, भने ३ दिने स्पष्टिकरण पनि सोधिएको छ ।
कार्यालयमै सेवाग्राहीसँग घुस मागेको भिडियोसहितका यथेस्ट प्रमाणहरु भेटिएपछि उनलाई विभागले ३ दिनभित्र स्पष्टिकरण पेश गर्न भनेको छ । कार्यालयमा निमित्तको जिम्मेवारी दिएर विभाग तानिएको प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्माले जानकारी दिए ।
गत बुधबार पाटन नगरपालिका–८ का नरबहादुर विष्ट र धनसिंह विष्ट दाजुभाइबाट सार्कीले १० हजार रुपैयाँ घुस लिएको भिडियो सार्वजनिक गरेका थियौँ ।
छुट पुर्जा दिने क्रममा उनले पटक–पटक गरेर ५१ हजार घुस लिएको आरोप लागेको थियो । त्यसमध्ये ३६ हजार रुपैयाँ घुस लिएको भिडियो तथा अडियो प्रमाणहरु रहेको सेवाग्राही नर बहादुर बिष्टले बताएका छन् ।
मालपोत प्रमुख सार्कीलाई शुक्रबार बिहान प्रमुख जिल्ला अधिकारी शर्माले बोलाएर घुस प्रमणबारे सोधपुछ गरेका थिए । सोधपुछका क्रममा पनि चित्तबुझ्दो जवाफ नदिएपछि प्रमुख जिल्ला अधिकारी शर्माले कारवाही प्रक्रिया अघि बढाउन भन्दै विभागलाई मौखिक जानकारी गराएको बताएका छन् ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.