Jaya Bhagawati melauli sunchadi

मेलौली ३ तालाबन्दी : नगरपालिका र स्थानियबीचको छलफल बिना निष्कर्ष टुङ्गियो

Patan vally

बैतडी : बैतडीको मेलौली वडा नं. ३ मा लागेको ताला खुल्न सकेको छैन । आधारभुत स्वास्थ्य सेवा केन्द्र सबैको पायक पर्ने ठाँउ वडा नजिक हुनुपर्ने माग राख्दै हिजो मंगलबार स्थानियले तालाबन्दी गरेका थिए ।

बुधबार मेलौली नगरपालिकाका नगरप्रमुख भिम बहादुर चन्द “भुकम्प”, प्रमुख प्रशासकिय अधिकृत नारायण चन्द, वडा नं. ३ का अध्यक्ष गगन सिंह  भाट र संघर्ष समिति बीच छलफल भएको थियो । अबेर सम्म छ्लफल हुँदा पनि बार्ता बिना निष्कर्ष टुङ्गिएको हो ।
नगरप्रमुख चन्दले ५ दिनको समय दिनुहोस, १० गते वडा कार्यालय नजिक नै आधारभुत स्वास्थ्य सेवा केन्द्र उद्घाटन गर्छौ भन्दा पनि आन्दोलनरत पक्षले अस्विकार गरेका थिए ।
“लिखितरुपमा मङ्सिर १० गते आधारभुत स्वास्थ्य सेवा केन्द्र उद्घाटन गर्ने कागजमा हस्ताक्षर गर्छौ र नगरेमा फेरी वडामा तालाबन्दी गर्नुहोला भन्दा पनि ताला नखोलिएको नगरप्रमुख चन्दले बताउनुभयो” ।

Kailpal bahudeshiya

स्वास्थ्य सेवा केन्द्र वडा नजिक हुनुपर्ने माग राख्दै आएका स्थानियले भने आजै उद्घाटन हुनुपर्ने माग राखेका थिए ।
२०८१ साउन २७ गते वडा अध्यक्षको अध्यक्षतामा बसेको भेलाले कुजागाडमा रहेको बर्थिङ सेन्टरबाट हुने सेवा प्रवाह यथास्थानबाटै हुने र सबैको पायक पर्ने स्थानबाट आधारभुत स्वास्थ्य सेवा सुचारु गर्ने निर्णय सर्वसम्मतिले पारित गरेको थियो ।


झण्डै ४ महिना बितिसक्दा पनि उक्त निर्णय कार्यान्वयन नभएको भन्दै स्थानियले वडा कार्यालयमा तालाबन्दी गरेका हुन ।
पटक पटक वडा तथा नगरपालिकामा ध्यानाकर्षण गराउदा पनि सुनुवाइ नभएपछि तालाबन्दी गर्न बाध्य भएको संघर्ष समिति सदस्य धन बहादुर चन्दले बताउनुभयो । स्थानिय सरकारले पटक पटक ढाट्ने काम गरेकाले बिश्वास लाग्न छोडेको स्थानिय चन्दले बताए ।
तत्काल आधारभुत स्वास्थ्य सेवा केन्द्र उद्घाटन गरे मात्रै ताला खुल्ने स्थानियको माग रहेको थियो । यदि माग सम्बोधन नभए थप संघर्षका  कार्यक्रम गर्ने संघर्ष समितिले जानकारी दिएको छ ।

वडा अध्यक्ष भाटले भने ताला नखोलिए जिल्ला प्रशासनमा जानकारी गरि त्यसपछि आवश्यक निर्णय गरिने बताउनुभयो ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.