Jaya Bhagawati melauli sunchadi

सुर्नया गाउँपालिकाको गाडी ग्यारेजमै थन्कियो, निजी गाडी भाडामा लिदा लाखौँ खर्च

Patan vally

बैतडी : बैतडीको सुर्नया गाउँपालिकाको गाडी करिब आठ महिनादेखि धनगढीको एउटा ग्यारेजमा थन्किएको छ । गाडी मर्मतको लागि गत बैशाखमा धनगढी लगिएको थियो । मर्मतका लागि लगिएको गाडी हालसम्म पनि पालिकाले मर्मत गर्न सकेको छैन ।
सुर्नया गाउँपालिकाको से१ज २८७ नं को ‘टाटा सफारी स्टर्म’ गाडी मर्मत हुन नसक्दा पालिकाको कामकाजका लागि गाडी भाडामा लिने गरिएको छ ।

Kailpal bahudeshiya

सेन्सरमा लक लागेको छ,भने इन्जिन समेत ड्यामेज भएको छ । त्यसैगरी गाडीभित्रका अन्य थुप्रै उपकरणमा पनि खराबी आएको छ । बाहिरको कभर बाहेक सबै उपकरण फेर्नुपर्ने अवस्था आएको त्यहाको ग्यारेजले बताएको पालिकाले जनाएको छ । करिब ६ लाख हाराहारी खर्च लाग्ने बताएको छ ।
करिब ८ महिनाको अवधिमा कार्यालय प्रयोजनको लागि निजि गाडी भाडामा लिएर उपयोग गर्दा करिब ५ लाखबढी खर्च भइसकेको छ ।
पालिकाको आफ्नै गाडी नहुदा कार्यालय प्रयोजनका लागि निजि गाडी भाडामा प्रयोग गर्ने गरिएको प्रमुख प्रशासकीय अधिकृत जोशीले बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकराज जोशीले ग्यारेजबाट आएको लागत स्टमेट कार्यपालिकामा पेश गरिने र त्यसपछि मर्मत गर्ने वा नगर्ने भन्ने विषयमा निर्णयमा पुग्न सकिने बताएका छन् । ‘हामिले ग्यारेजबाट लागत स्टमेट मागेका छौँ, त्यो आएपछि कार्यपालिकामा पेश गर्छाैm कती खर्च लाग्छ, बनाउने वा नबनाउने भन्ने विषय कार्यपालिकाले निर्धारण गर्छ,’ अधिकृत जोशीले भने ।

उक्त गाडी खरिद गर्न आर्थिक वर्ष २०७४÷०७५ सालमा बजेट बिनियोजन गरिएको थियो । त्यतीबेला झण्डै ७० देखि ७५ लाख हाराहारीको बजेट खर्च गरेर खरिद गरिएको निवर्तमान कार्यपालिका सदस्यहरुले बताएका छन् । उक्त टाटा सफारी स्टर्म मर्मत हुन सकेको छैन ।
यो गाडीले मर्मत खर्च निकै बढी माग्ने गरेको गाउँपालिकाले जनाएको छ । कच्ची सडकको लागि उपयुक्त नरहेको र सर्भिसमै धेरै खर्च भइरहेको गाउँपालिका अध्यक्ष अमर बहादुर कुवँरले बताए ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.