Jaya Bhagawati melauli sunchadi

विभिन्न माग राख्दै मेलौली वडा नं. ३ मा लगाईएको ताला ४ दिनपछि खुल्यो

Chand Kirana Pasal
Patan vally

बैतडीको मेलौली नगरपालिका वडा नं ३ को कार्यालयमा लागेको ताला खुलेको छ । शुक्रबार तालाबन्दी गर्ने पक्ष र वडाका जनप्रतिनिधिबीच सहमती भएसंगै ४ दिन पछि ताला खुलेको हो ।
मंगलबार देखि आधारभूत स्वास्थ्य सेवा केन्द्र वडा कार्यालय नजिकै हुनुपर्ने माग गर्दै स्थानियले तालाबन्दी गरेका थिए ।
तालाबन्दी गर्ने पक्षको माग अनुसार वडा कार्यालय नजिकैबाट स्वास्थ्य सेवा सुचारु गरिएपछि ताला खुलेको छ । वडा सदस्य माया भाट ठगुन्नाको वडा कार्यालय नजिकै रहेको निजि घरमा आज देखि स्वास्थ्य सेवा सुचारु गर्नेगरी सहमती पछि ताला खोलिएको स्थानिय धन बहादुर चन्दले जानकारी दिनुभयो । मेलौली नगरपालिकाले अहेव गणेश बहादुर चन्दलाई आधारभूत स्वास्थ्य सेवा केन्द्रका लागि खटाइसकेको छ ।

Kailpal bahudeshiya

शुक्रबार भएको छलफलमा वडा अध्यक्ष गगन सिंह भाट, वडा सदस्य कृष्ण सिंह ठगुन्ना, शेर बहादुर चन्द, मानमति कामी, माया भाट, ठगुन्ना, वडा सचिव अनिता चन्द लगायत तालाबन्दी गर्ने पक्षका अधिकांश प्रतिनिधिहरुको सहभागितामा छलफल भएको थियो ।

ताला खुलेसंगै वडाबाट प्रवाह हुने सबै सेवाहरु सुचारु गरिएको वडा अध्यक्ष भाटले जानकारी दिनुभयो ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.