Jaya Bhagawati melauli sunchadi

पत्रकार महासंघ बैतडीमा अध्यक्ष र कोषाध्यक्षबाहेक सबै निर्विरोध

Patan vally

बैतडी : नेपाल पत्रकार महासंघ बैतडी शाखामा अध्यक्ष र कोषाध्यक्षबाहेकका अन्य सबै पदमा निर्विरोध निर्वाचित भएका छन्। निर्विरोध हुनेहरूमा खुला उपाध्यक्षमा लक्ष्मण बिसि (रेडियो मेलौली), महिला उपाध्यक्षमा रतना कलौनी (दिनेशखबर), सचिवमा विनोद विष्ट (रासस), सहसचिवमा केशवराज भट्ट (बाशुलिङ्ग मिडिया), समावेशी सहसचिवमा मंगेश दयाल (रेडियो मेलौली) हुनुभएको हो।

यस्तै शाखाका सदस्यहरूमा गौरव चन्द (रेडियो सनसेर), सरस्वती मडै (रेडियो सनसेर), डम्बर बोहरा (रेडियो सेभेनस्टार), विरेन्द्र विष्ट (खबरबोर्ड), मदनराज भट्ट (रेडियो सेभेनस्टार), राधिका भट्ट (जनआदर्श साप्ताहिक), प्रताप दमाई (नेपाल एफएम नेटवर्क) र विमला भट्ट (रेडियो निङ्गलाशैनी) पनि निर्विरोध चयन हुनुभएको छ।

Kailpal bahudeshiya

यसका साथै केन्द्रीय परिषद् सदस्यमा लक्ष्मीदत्त पाण्डेय (रेडियो नेपाल), अमर भट्टराई (रेडियो सेभेनस्टार) र प्रदेश परिषद् सदस्यमा भगिरथ अवस्थी (रेडियो निङ्गलाशैनी), डीआर भट्ट (निको खबर), सिपि लोहिया (स्टार बुलेटिन) र बशन्तप्रकाश विष्ट (सुर्नया टाइम्स) निर्विरोध हुनुभएको छ।

यसैबीच शाखाका अध्यक्षका लागि लोकेश साउद (नयाँ पत्रिक) र नरी बडू (नेपाल टेलिभिजन) को उम्मेदवारी परेको छ। कोषाध्यक्षमा करूणाकर भट्ट (रेडियो बैतडी), कृष्ण विष्ट (रेडियो सेभेनस्टार) र सुरेश अवस्थ (रेडियो निङ्गलाशैनी) ले उम्मेदवारी दर्ता गराउनुभएको छ।

केन्द्रीय समितिको निर्वाचन कार्यतालिका अनुसार बैतडीमा पनि आज मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको निर्वाचन समिति सदस्य दिपेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो। महासंघको निर्वाचन अन्तरगत मंसिर २८ गते मतदान हुनेछ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.