


बैतडी : नेपाल राष्ट्रिय शिक्षक संगठन पञ्चेश्वर गाँउपालीकाको तेश्रो गाँउपालीका अधिबेशन सम्पन्न भएको छ। शनिबार सम्पन्न अधिबेशनबाट शस्ती बल्लब तिवारीको अध्यक्षतामा १९ सदस्यीय गाउँपालीका कमिटी सर्वसम्मत चयन गरिएको नेपाल राष्ट्रिय शिक्षक संगठन बैतडी जिल्ला अध्यक्ष प्रेम राज भट्टले बताउनुभयो।
अधिवेशनबाट उपाध्यक्षमा भरत चन्द,महिला उपाध्यक्षमा पार्वती चन्द, सचिवमा बिनोद प्रसाद भट्ट,कोषाध्यक्षमा शुरेन्द्र बहादुर चन्द, सहित १९ सदस्यीय गाउँपालीका कमिटी सर्वसम्मत चयन गरिएको नेपाल राष्ट्रिय शिक्षक संगठन बैतडीका अध्यक्ष भट्टले जानकारी दिनुभयो।



