Jaya Bhagawati melauli sunchadi

मेलौलीमा नेकपा माओवादी केन्द्रको नगर अधिबेशन सम्पन्न, अध्यक्षमा भट्ट

Chand Kirana Pasal
Patan vally

बैतडी : नेकपा माओवादी केन्द्रको नगर अधिबेशन सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्र मेलौली नगर कमिटीको तेस्रो अधिवेशन आईतवार मेलौलीमा सम्पन्न भएको नेकपा माओवादी केन्द्र मेलौली २ का वडा कमिटी अध्यक्ष राम बहादुर चन्दले  जानकारी दिनुभयो।

। अधिवेशनबाट मेलौली नगर कमिटीको अध्यक्षमा खेम राज भट्ट चयन भएका छन।भट्ट तेस्रो नगर अधिवेशनबाट सर्वसहमत अध्यक्षमा चयन भएका हुन्।

Kailpal bahudeshiya

खेम राज भट्टको नेतृत्वमा ५५ सदस्यीय नगर कमिटी गठन भएको नेकपा माओवादी केन्द्र मेलौली २ का वडा कमिटी अध्यक्ष चन्दले  जानकारी दिनुभयो।

उपाध्यक्षमा दिपक नायक , कृष्ण पार्की, सीता दयाल,सचिबमा दिलिप दयाल, सह–सचिबमा शंकर घर्ती र कोषाध्यक्षमा कस्तुरा सुनी चयन भएका छन् ।

अधिबेशनमा जिल्ला इन्चार्ज नरेन्द्र कुँवर “बिजयसुन्दर” प्रदेश उपाध्यक्ष रण बहादुर कुँवर, पुर्व प्रदेश सभा सदस्य प्रेम प्रकाश भट्ट, जिल्ला संयोजक शंकर भण्डारी, लगायतका नेताहरुको उपस्तिथि रहेको थियो।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.