

गरिबलाई गरिबीले सधैं सताएकाे छ।
गरिबले आशैआशमा जिवन बिताएकाे छ ।
गरिबकाे आशा निराशामा बदलिदै छ
किनभने गरिब नितान्त सर्वहारा छ।
सर्वहारा जनताकाे आफ्नाे केही छैन।
निमुखा जनताकाे सहयोगी साथी छैन।
भ्रम जति छरेनी जनताकाे सुरक्षा छैन।
देश खाली नाममात्र छ देश बचाउने छैन।
देशका बस्तीहरू गरिबीले छाएको छ।
निमुखा जनताले सधैं दु:ख पाएकाे छ।
सहनै नसकिने दु:खले जनता निराश छ।
गरिब जनतालाई धनीको ऋणले सताएको छ।

युवा शक्ति बेरोजगारीकाे शिकार भएकाेछ।
मर्ता क्या नै कर्ता स्थिति जनतामा आकाे छ।
जति दु:ख कष्ट जनतालाई भकाे छ।
याे परिस्थितिले अहिले देश काेलाहल छ।
देश समृद्ध बनाउनु छ भने बिकास गर्नपर्छ।
बिकास शहरमात्रै हाेइन गाउँगाउँमा जानुपर्छ।
देशका विकट टाढाका बस्तिहरूमा जानुपर्छ ।
जहा खानेपानी हिड्ने बाटाेकाे आवश्यकता पर्छ ।
गरिब सर्वहारा जनता त्याे विकट बस्तीमा छन।
जहाँ खानेपानी बाटोघाटाे छैन त्यहाँ गरिबछन।
दिनभरि काम गरेर खाना पुग्दैन त्याँ गरिबछन।
जहा भाेट माग्नु गयाै काम गरेनौं त्याँ गरिबछन।
जसको भाेटबाट काठमाडौ महलमा बसेका छाै
सर्वहारा जनताकाे भाेटबाट मालिक बनेका छाै। झुटाकुराकाेअश्वासन जनतालाई दिने गरेका छाै
हिजो भाेटदिएर जिताउनेलाई नचिन्ने भएकाछाै
जनताले गाउँबाट काठमाडौं पुर्याउनु भए छ।
त्यहि जनता काठमाडौ बाट गाउँ पुर्याउने छ।
गाउँ बस्तीले देश बिकाश गर्न सांसद बनाकाे छ।
नेताले जनताकाे भावना बुझेन गलत बाटाेमा छ
देश जनताको भावना नबुझ्ने जन्ताकाे नेता हैन।
जनतालाई प्रयोग गर्ने हुन यिनको बिश्वास छैन।
आफ्नै पेट भर्ने कुरा मात्रै चिप्ला, कामगर्ने हैन।
अबको जनताले सहिपार्टी चुन्नुपर्छ, नत्र हुदैहुदैन।
अबको क्रान्ति भनेको जनपक्षीय क्रान्ति हुने छ।
जनताका अधिकारका आवश्यकता पुर्ति हुने छ।
जनताका जल्दाबल्दा समस्या समाधान गरिने छ।
क्रान्तिकारी कम्युनिष्ट पार्टीकाे जिम्मा हुनेछ।
करन दयाल



