Jaya Bhagawati melauli sunchadi

जनकपुरलाई सहजै हराउँदै सुदूरपश्चिम फाइनलमा प्रवेश

Patan vally

काठमाडौ : सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि नजिक पुगेको छ। बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको पहिलो क्वालिफायरमा जनकपुर बोल्ट्समाथि ८ विकेटको जित निकाल्दै सुदूरपश्चिम फाइनलमा पुगेको हो।

पराजित भए पनि जनकपुरलाई फाइनलमा पुग्ने दोस्रो अवसर बाँकी छ। जनकपुरले बिहीबार हुने दोस्रो क्वालिफायरमा कर्णाली याक्ससँग प्रतिस्पर्धा गर्नेछ। सो खेलको जित निकाल्ने टोलीले उपाधिका लागि शनिबार सुदूरपश्चिमसँग प्रतिस्पर्धा गर्नेछ।

फाइनलमा पुग्न जनकपुरले १४० रनको लक्ष्य सुदूरपश्चिमले २ विकेटको क्षतिमा १८.३ ओभरमै पूरा गर्‍यो।

जनकपुरका ओपनर सइफ जइबले ३२ रन जोड्दा उनका ओपनिङ पार्टनर विनोद भण्डारीले अर्धशतक प्रहार गरे। भण्डारीले नटआउट ५८ रन जोडे। उनले ५५ बल खेलेर ३ चौका र ३ छक्का प्रहार गरे। दीपेन्द्रसिंह ऐरीले १६ बलमा नटआउट २० रन जोडे।

जइबले भण्डारीसँग पहिलो विकेटका लागि ७.३ ओभरमा ५६ रनको साझेदारी गरेका थिए। उनी किशोर महतोको बलमा जिमी निशमबाट क्याच भए।

यस्तै ब्रान्डन माक्मलेनले २५ रन जोडे। भण्डारीसँग दोस्रो विकेटका लागि ५९ रनको साझेदारी गरेका माक्मलेनले १९ बलमा १ चौका र १ छक्का प्रहार गरे। उनलाई जनकपुरका ललितनारायण राजवंशीले निशमको हातबाट क्याच गराउन सफल भए।

Kailpal bahudeshiya

टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रन जोड्यो।

जनकपुरका लागि जिमी निशमले ४५ रन जोडे। उनले २३ बलमा ३ चौका र ३ छक्का प्रहार गरे।

ओपनरद्वय लाहिरू मिलन्था १२ रन र आसिफ शेख ११ रन जोडेर आउट भए। मिलन्थालाई सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले तेस्रो ओभरमा एलबिडब्लूको धरापमा पारेका थिए। कप्तान आसिफ छैटौं ओभरमा सइफ जइबबाट बोल्ड भए।

शुभ कंसाकारले रनआउट हुनुअघि २६ रन जोडे। उनी नवौं ओभरको अन्तिम बलमा दीपेन्द्रले डाइरेक्ट हिटमार्फत रनआउट भएका थिए।

हर्ष थाकर १२ रन र अरनिको यावदले ११ रन जोड्न सके। थाकर १३औं ओभरमा जइबको बलमा ब्रेन्डन माक्मलेनबाट क्याच भएका थिए। १६औं ओभर चल्दै गर्दा अरनिको दीपेन्द्रबाट एलबिडब्लू आउँदा हुँदा जनकपुरले ५ विकेट गुमाउँदा ९७ रन जोड्न सकेको थियो।

१८औं ओभरको अन्तिम बलमा मोहमद मोहसिनलाई दीपेन्द्रले ३ रनमा बोल्ड गरे। त्यसअघि दीपेन्द्रलाई ओभरको तेस्रो र चौथो बलमा निशमले लगातार दुई छक्का प्रहार गरेका थिए।

शेर मल्ल अन्तिम ओभरको पहिलो बलमा अभिनास बोहराको बलमा ३ रनमा क्याच भए। अघिल्लो ओभरमा निशम कुगेलेइनबाट बोल्ड हुँदा जनकपुर समान्य योगफल तर्फअघि बढेको थियो।

बलिङमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रले ३ विकेट लिए। उनले ४ ओभरमा २९ रन खर्चिए। सइफ जइबले २ विकेट लिँदा कुगेलेइन र अभिनासले १-१ विकेट हात पारे।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.