

बैतडी : बैतडीको पुर्चौडीमा ११५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा वक्तृत्वकला र डेउडा प्रतियोगिता सम्पन्न गरिएको छ । पुर्चौडी नगरपालिका महिला तथा बालबालिका शाखाको आर्थिक सहयोगमा महिला उक्त कार्यक्रम सम्पन्न गरिएको महिला तथा बालबालिका शाखा प्रमुख मिना जोशीले जानकारी दिईन ।
पुर्चौडी नगरपालिका स्थित कमल विशाल पार्कको खेल मैदानमा सम्पन्न प्रतियोगितामा वक्तृत्वकला प्रतियोगितामा शान्ती जोशी प्रथम भएकि थिईन । करिस्मा भण्डारी द्वितीय र कोपिला जोशीले तृतिय स्थान हासिल गरेकी थिईन भने यमुना मिजार सान्त्वना स्थान प्राप्त गर्न सफल भएकी थिईन । प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्नेलाई क्रमश ४ हजार ५ सय, ३ हजार ५ सय, २ दुई हजार ५ सय र २ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

देउडा प्रतियोगिता तर्फ वडा नं. ५ प्रथम भएको थियो । प्रथम हुनेलाई नगद रु २० हजार सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
पुर्चौडी वडा नं. १ हाट द्वितीय स्थान हासिल गर्न सफल भएको थियो । वडा नं ३ तृतीय स्थान र वडा नं. ९ ले सान्त्वनामा चित्त बुझाएको थियो ।
द्वितीय स्थान प्राप्त गर्नेलाई नगद रु १५ हजार, तृतीय स्थानलाई रु १२ हजार र सान्त्वना स्थान प्राप्त गर्नेलाई रु १० हजार सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा महिला संजालकी नगर अध्यक्ष बागमती ऐर को अध्यक्षता सम्पन्न कार्यक्रममा नगर प्रमुख दिपक बहादुर बम प्रमुख अथिती रहनु भएको थियो । ,उपप्रमुख मिना धानुक,निमित्त प्रमुख प्रशासकिय अधिकृत अनिल बहादुर बोहरा , नगर प्रबक्ता धिरेन्द्र बहादुर बम लगायत वडा अध्यक्षहरुको सहभागिता रहेको थियो ।



