Jaya Bhagawati melauli sunchadi

बैतडीको पाटनमा नि:शुल्क प्रजनन स्वास्थ्य शिविर, १६१ महिलाले सेवा लिए

Patan vally

बैतडी : बैतडीको पाटनमा महिलाहरुका लागि नि:शुल्क प्रजनन स्वास्थ्य शिविर संचालन गरिएको छ ।

Kailpal bahudeshiya

नेपाल मेड जर्मनी र पाटन नगरपालिकाको सहयोग र पाटन प्राथमिक स्वास्थ्य केन्द्रको आयोजनामा नि:शुल्क प्रजनन स्वास्थ्य शिविर संचालन गरिएको पाटन प्राथमिक स्वास्थ्य केन्द्रका जनस्वास्थ्य निरीक्षक प्रेम सागर भट्टले जानकारी दिनुभयो । शिविरमा शुक्रबार १ सय ६१ जना महिलाले सेवा लिएका जनस्वास्थ्य निरीक्षक भट्टले बताए  ।
डाक्टरहरुका अनुसार चेकजाँच गर्ने अधिकांश महिलाहरूको (PID) अर्थात  य महिलाहरूको प्रजनन प्रणालीमा संक्रमण, भित्री अङ्गमा संक्रमण र केही महिलाहरुमा पठेघर खस्ने समस्या पनि देखिएको छ।
शिविरमा स्त्री तथा प्रसूती रोग बिशेष डा.निता तिमिल्सिना र डा. रेजिना खड्काले सेवा दिईरहेका भट्टले बताए ।

शनिबार वडा नं ८ खोड्पे स्थित सिद्धेश्वर स्वास्थ्यचौकीमा शिविर सञ्चालन हुनेछ । यस्तै आइतबार पाटन नगरपालिका –५ स्थित बसन्तपुर स्वास्थ्यचौकीमा शिविर सञ्चालन हुने पाटन नगरपालिकाले जनाएको छ ।

शिविरमा गर्भ नबस्ने र पटक–पटक गर्भ तुहिने समस्याको चेकजाँच गर्नुका साथै महिनावारी हुँदा पेट दुख्ने समस्याको उपचार गरिने बताइएको छ ।
यस्तै पिसाब फेर्दा पोल्ने, यौनाङ्ग चिलाउने, सेतो पानी बग्ने, पाठेघरको मुखको क्यान्सरको जाँच, गर्भपतन, जन्मान्तर तथा परिवार नियोजन सम्बन्धि सेवा प्रदान गरिरहेको बताइएको छ । 

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.