Jaya Bhagawati melauli sunchadi

एमाले बैतडीले भन्यो, माओवादी प्रवेश गरेका बिष्ट कुनै पनि जिम्मेवारीमा छैनन्

Patan vally

बैतडी : नेकपा (एमाले) बैतडी जिल्ला कमिटी सचिवालय सदस्य माओवादीमा प्रवेश गरेको भन्ने समाचार प्रति नेकपा (एमाले) बैतडीले आपत्ति जनाएको छ । दोगडाकेदार गाउँपालिका वडा न. २ निवासी काशी सिंह विष्ट नेकपा माओवादी केन्द्रमा प्रवेश गरेकोमा विष्ट एमालेको कुनै जिम्मेवारीमा नरहेको भन्दै विज्ञप्ति जारी गरेको हो ।

Kailpal bahudeshiya

नेकपा एमाले बैतडी जिल्ला कमिटी अध्यक्ष नरेश विकले जारी गरेको विज्ञप्तिमा विष्टले २०८१ सालमा पार्टी सदस्यता नवीकरण नगराएको र पार्टीको कुनै पनि जिम्मेवारीमा नरहेको बताएको छ ।

विज्ञप्तिमा तथ्यका आधारमा समाचार सम्प्रेषण गर्न समेत आग्रह गरिएको छ । बैतडी घर भई हाल कञ्चनपुर बस्दै आएका विष्टले हिजो मात्रै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबाट फुल माला लगाउँदै पार्टी प्रवेश गरेका थिए ।

एमाले बैतडी जिल्ला कमिटी सचिवालय सदस्य माओवादीमा प्रवेश भन्दै समाचार प्रकाशन भएपछि नेकपा एमाले बैतडीले बिज्ञप्ती जारी गरेको हो।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.