

बैतडी: बैतडीको पाटन नगरपालिकाका नगर उपप्रमुख कमलसिंह बोहरा (अपी) ले कार्यपालिका बैठक प्रत्यक्ष प्रशारण हुनुपर्ने माग राखेका छन् । जनताका लागि निर्णयहरु गर्दा उनीहरुले पनि थाहा पाउनुपर्ने जरुरी भएकाले कार्यपािलका बैठक सामाजिक संजालमार्फत प्रत्यक्ष प्रशारण गरिनुपर्ने उनले माग राखेका हुन् ।

आइतबार प्रमुख प्रशासकीय अधिकृतसामु कार्यपालिका बैठक सामाजिक संजालमार्फत प्रत्यक्ष प्रशारण गरिनुपर्ने माग राख्नै नगरउपप्रमुख बोहराले निवेदन पेश गरेको बताए । “
कार्यपालिका बैठकमा निर्णयहरु विवादित हुनुका साथै नागरीकहरुमा असन्तुष्टी रहेकाले जनताले समयमा नै जान्न पाउने अधिकारलाई मध्यनगर गर्दै कार्यपालिका बैठक तथा अन्य बैठक प्रत्यक्ष प्रशारण गराउन अुरोध छ” प्रमुख प्रशासकीय अधिकृतलाई लेखेको पत्रमा उल्लेख छ ।
असार १० गते नगरसभामा असन्तुष्टि जनाएपछि पत्रकार सम्मेलनमा पनि पालिकामा हुने सबै बैठक प्रत्यक्ष प्रसारण हुनुपर्ने माग राख्ने बताएका थिए ।



