Jaya Bhagawati melauli sunchadi

बैतडीको दोगडाकेदारमा जीप दुर्घटना हुँदा दुईजना घाइते

Patan vally

बैतडी : बैतडीको दोगडाकेदारमा जीप दुर्घटना हुदा दुई जना घाईते भएका छन ।

पुर्चौडी नगरपालिकाबाट सिल्लेगडा तर्फ आईरहेको १ ज १३९ नम्बरको जिप दोगडाकेदार गाउपालिका ३ कुकुडेपानि स्थित भित्रि कच्चि सडक खण्डमा सोमबार करिब ११ बजे जीप दुर्घटना भएको हो । दुर्घटनामा परी चालक पुर्चौडी नगरपालिका ९ तल्लादेही बस्ने बर्ष अ. ३० को कर्ण बहादुर बोहराले गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।

Kailpal bahudeshiya

यस्तै सो नगरपालिका ८ बस्ने बर्ष अ. २४ कि बागमती साउद सामान्य घाईते भएका प्रहरी निरीक्षक सिंहले जानकारी दिए ।

पुर्चौडी बाट सिल्लेगडा तर्फ आईरहेको जीप दोगडाकेदार गाउपालिका ३ कुकुडेपानि स्थित भित्रि कच्चि सडक खण्डमा दुर्घटना भएको हो । जीप एक्कासि अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको थियो । 

चालकको छाति र टाउकोमा चोट लागेको छ भने साउदको दाहिने आँखामा सामान्य चोट रहेको छ । घाइते दुबै जनालाई उपचारको लागि जिल्ला अस्पताल बैतडीमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.